२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

जिविस कार्यालय रसुवामा तालाबन्दी

२०७३, २ फाल्गुन सोमबार ११:४०

फागुन २, रसुवा । स्थानीय निकायका कर्मचारीको आन्दोलन चर्किंदै गएपछि कर्मचारीले जिविस तथा गाविसको कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा परेका छन् । 

स्थानीय निर्वाचनको घोषणा, स्थानीय निकायका कर्मचारीलाई समायोजन गर्दा योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिइनुपर्ने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीका लागि उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै माघ १९ गतेदेखि आन्दोलनरत कर्मचारीले आफ्नो माग सम्बोधन नभएकाले जिविस, जिल्ला प्राविधिक कार्यालय र गाविसहरुमा तालाबन्दी गरी धर्ना दिएको संयुक्त सङ्घर्ष समितिका संयोजक लीलानाथ नेपालले बताउनुभयो । 

गाविसको काम बन्द हुँदा नागरिकता लिन, जग्गा रजिस्ट्रेसन पास गर्ने कार्यको सिफारिससमेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन् । 

आमनागरिकमा परेको मर्कालाई मध्यनजर राख्दै स्थानीय निकायका कर्मचारीको माग सम्बोधन गरी काममा फर्कने वातावरण सिर्जना गर्न सरकारसमक्ष आग्रह गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । 

स्थानीय निकायका कर्मचारीले कार्यालय बन्द गरेपछि विकास निर्माणमा प्राविधिक अनुगमनसमेत हुन नसकेको स्थानीय विकास अधिकारी र प्राविधिक प्रमुखलगायत निजामतीतर्फका सबै कर्मचारी आफ्नो कार्यक्षेत्र छोडी मन्त्रालयतर्फ गएको कर्मचारीहरुले बताए । 

जिविसमा तालाबन्दी भएपछि नेपाल प्रहरीले कडा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला