पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहम"/>
2026-09-20 12:54 AM
पर्बत - PBT

मोर्चा फुट्यो– एक युनियतिर अर्को चौतारीतिर

पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहमतिमा जाने निर्णय गरेका चार पत्रकार संठनहरु दुइ कित्तामा विभाजन भएका छन् ।

चुनावको समय नजिकै सँगै मोर्चा विभाजनको संघारमा पुगेको छ तर पनि अझै सहमतिमा जोड दिने बताइएको छ । प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघले प्रेस युनियनको समर्थनमा  जुटेका छन् भने क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटी प्रेस चौतारीको समर्थनमा जुटेको बुझिएको छ । 

सोमबार प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त विज्ञप्ती निकाल्दै सहमतिको लागि आह्वान समेत गरेको छ । चुनावी मैदानमा उत्रिए पनि आफूहरुले छविलाल तिवारीलाई मतदान गर्ने समेत विज्ञप्तीमार्फत जनाएको छ । 

युनियनका छविलाल तिवारी, सेन्टरका प्रनिश गिरी र क्रान्तिकारी पत्रकार महासंघका  गोपाल जिसीको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा सहमति खोज्ने र सहमति नभए चुनावी मैदानमा उत्रिदा तिवारीलाई मतदान गर्ने निर्णय गरेको हो । 


मोर्चाबाट फुटेको प्रेस सोसाइटी र क्रान्तिकारी संगठनले चौतारीलाई समर्थन गर्ने बुझिएता पनि उनीहरुले औपचारिक धाराणा भने अझै बाहिर आउन सकेको छैन । प्रेस चौतारीले सन्तोष थापालाई अध्यक्षको उम्मेदवार बनाउने औपचारिक घोषणा भने गरी सकेको छ । 

मोर्चा फुटेको औपचारिकता रुपमा पुष्टि नभएता पनि दुइ् कित्तामा भने विभाजन भएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो