लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवा"/>
2026-09-20 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोकिएन बालविवाह–लिमिठानाकी कुश्मा कुमारी १५ बर्षमै लगनगाँठोमा

लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवाह भएको कुरा बताएपछि आमा कलिली छोरीको विवाह भएपछि न्यायको माग गर्दै सदरमुकाम आएकी छिन् ।

पीडित बालिकाकी आमाले न्यायको लागि भन्दै महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा छोरीको न्यायको लागि निवेदन दिएको बुझिएको छ ।

बालिकाको एक हप्ता अगाडि विवाह भएको भनि बालिकाकी आमाले महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएको महिला तथा बालबालिका कार्यालयले बताएको छ । बालविवाह सम्बन्धी उजुरी अर्थात निवेदन परेपछि महिला तथा बालबालिका कार्यालयले कानूनी साहयताका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतले उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको र त्यसको बारेमा अनुसन्धान भैराखेको जनाएको छ । प्रहरीले पीडित पक्ष सम्पर्कमा आएकोले केटा पक्षलाई पनि सक्पर्कमा ल्याउनको लागि पहल भैराखेको र बालविवाह पुष्टि भए बालविवाह सम्बन्धी मुद्धा गुल्मीमै दर्ता हुने जनाएको छ । दुवै पक्षसँग समन्वय गरी बालविवाह हो वा हैन भन्ने बारेमा अनुसन्दान भैराखेको जनाइएको छ । 

यो भन्दा अगाडि महिला हिंसा विरुद्धका अभियान चलाएता पनि र महिला मानवअधिकारबादी संघसंस्थाहरु गठन भएता पनि देखाउने खसी र खाने फर्सी शरह देखिएकोे छ ।  घरशान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैगिक हिंसारहित समाज भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेलामा  पाखापानीकी एक बालिकाको बालविवाहको घटना सर्वाजनिक भएको थियो । तीन महिना अगाडि घटेको घटना सेलाउन नपाउँदै यो घटना घटेको छ । जसले जिल्लामा रहेका मानवअधिकारबादी संघसंस्था र महिला तथा बालबालिकाबादी के गरिरहेका छन् भन्ने बारेमा प्रश्न चिन्ह उठेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो