२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका स्वास्थ्यकर्मी आन्दोलित

२०७३, २ फाल्गुन सोमबार १६:४८

पहिलाद राना | फागुन २, कञ्चनपुर | विभिन्न माग र पद अनुसार जिम्मेबारीको माग राख्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका लगायत देशैभरीका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । विभिन्न राजनीतिक दलमा आबद्ध स्वास्थ्यकर्मी संघ संगठनले पद अनुसार जिम्मेबारीको माग राख्दै सोमबारदेखि देशैभरीका सबै सरकारी स्वास्थ्य संघ संस्थामा सेवा बन्द गरेका हुन् ।

 नेपाली काँग्रेस निकट नेपाल स्वास्थ्य कर्मचारी संघ, नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मचारी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको अगुवाईमा आन्दोलन गरिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन २०५३ को दफा (ख) बमोजिम जिम्मेबारीको माग राख्दै आफ्नो नियमित कामकाज समेत ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । स्वास्थ्य क्षेत्रमा क्रियाशिल टे«ड यूनियनको संयुक्त जिल्ला सघर्ष समितिका प्रवक्ता उमाकान्त झाले पद अनुसार जिम्मेबारी नदिदा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रेको बताए । ‘हामीलाई पद दिईयो, तर जिम्मेबारी दिएको छैन्, ‘उनले भने, ‘जिल्लाका सबै स्वास्थ्य संस्था बन्द गरेका छौँ ।’ आकस्मिक सेवा बाहेक राष्ट्रिय स्तरबाट हुने अभियान, तालिम, गोष्ठी तथा नियमित कामकाज ठप्प पारिएको उनले बताए । आन्दोलनमा उत्रेका अर्का स्वास्थ्यकर्मी लोकेन्द्र भट्टले आफुहरुको आन्दोलनमा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको कार्यक्रम ठप्प पारिएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले फागुन १ गतेदेखि संचालन गर्ने भनिएको ६ दिने स्वास्थ्य कार्यकर्ता तालिम समेत आन्दोलनरत स्वास्थ्यकर्मीले रोकेका छन् ।

 माग पुरा नभए सम्म राष्ट्रिय पोलियो खोप कार्यक्रम र हात्तिपाईले कार्यक्रम समेत प्रभावित पार्ने आन्दोलनरत स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मचारी संगठन ७नम्बर प्रदेशका संयोजक तथा संघर्ष समितिका जिल्ला संयोजक पंकज रावलले जिम्मेबार तहबाट कर्मचारी विच फुट ल्याउने र लडाउने काम गरेर स्वास्थ्य क्षेत्रमा अनावश्यक बखेडा झिकेको टिप्पणी गर्नुभयो । दिएको अधिकार अनुसार कामको समेत जिम्मेबारी दिनुपर्नेमा उनले जोडदिए । आन्दोलनका कारण कञ्चनपुरका सर्वसाधारण उपचारका लागि सरकारी स्वास्थ्य संस्था आएर फर्किएका छन् । सर्वसाधारण उपचारका लागि निजी अस्पतालमा गएर उपचार गर्न बाध्य छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले भने स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका बरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले नीतिगत माग भएको बताए । ‘आफुले उनीहरुको आन्दोलनबारे माथिल्लो निकायमा जानकारी गराएको छु, ‘उनले भने, ‘देशप्यापी आन्दोलन भएका कारण पनि जिल्लातहबाटै समस्या समाधान गर्न सकिदैन् ।’ कञ्चनपुरमा विभिन्न ४४ सरकारी स्वास्थ्य संस्थाबाट सेवा दिदै आएको छ ।

 आन्दोलनरत स्वास्थ्यकर्मीहरुले भने बार्ता गरेर माग पुरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ