दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्णखोप अभियानमा चुनौति भौगोलिक विकटता र अशिक्षा

२ फाल्गुन २०७३, सोमबार १६:५०

दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौषल अलीले बताउनु भएको छ । कालिकोट तथा कर्नालीको भौगोलिक विकटता तथा ब्याप्त अशिक्षाका कारण यो अभियान सम्पन्न गर्न चुनौति थपिएको बताउनु भएको हो । 

जिल्ला सदरमुकाम मान्ममा सोमवार आयोजित जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा बोल्दै प्रमुख अलिले पूर्ण खोप क्षेत्र घोषणाका लागि देखापरेका चुनौतिका विच पनि सरकारले थालनी गरेको निर्देशनात्मक अभियान सफल पार्न कालिकोटमा कार्ययोजना सहितको रणनैतिक अभियान सुरुगरिएको बताउनु भएको छ । 

पूर्ण खोप अभियानका लागि जिल्लामा थालिएको कामको अवस्थाबारे बताउदै जिल्ला स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका फोकलपर्शन रविन्द्र सेजुवालले हाल जिल्लाका ६ वटा गाविस दाहाँ, राचुली, कुमालगाउँ, गेला, जुविथा र कालिका मुग्राहालाई पूर्ण खोप गाविस घोषणा गरिसकेको र अब तत्काल चैत्र सम्ममा फेरी ५ वटा गाविस छाप्रे, रुप्सा, फुकोट, कोटवाडा र चिलखायालाई घोषणा गर्ने गृहकार्य भैरहेको बताउनु भएको छ ।

तत्काल यहि फागुनमै घोषणाका लागि तयारी अवस्थामा रहेका छाप्रे र रुप्सा गाविसका स्तरीय सरोकारवालाहरुले गरेको निर्णय अनुसार पूर्ण खोपको अवस्था र आवश्यक सुचकहरुबारे पूर्ब स्थलगत अनुगमन लागि आयोजित समन्वयात्मक बैठकमा राखिएको अनुगमन प्रश्तावबारे छलफल गर्दै समितिले यहि पहिलो हप्ता भित्रै स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

खोप समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यता आयोजित बैठकमा जिल्लामा कृयाशिल राजनैतिक दल, पत्रकार नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि