१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अभियानलाई सार्थक तुल्याउन अन्तरक्रिया

२ फाल्गुन २०७३, सोमबार १६:५१

दलसिंह गिरी | फागुन २, कालिकोट | आयोडिन युक्त नुन खाऔं मानसिक फुर्ति र शारीरिक शक्ति बढाऔं भन्ने मुल नाराका साथ नेपाल सरकारले अभियानकै रुपमा थलेको एक महिने आयोडिन प्रचार अभियानलाई सार्थक तुल्याउन कालिकोटमा अन्तरक्रिया गरिएको छ । आयोडिनको कमीले मानिसमा देखिने लाटो, लठेब्रो, गलगाड, बामपुट्के, शारीरिक अपांगता जस्ता रोगहरुको नियन्त्रण तथा निर्मुलका लागि थालिएको जागरणमुलक अभियानलाई सार्थक तुल्याउन अन्तरक्रिया गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा आयोजित अन्तरक्रियामा बोल्दै सहभागी सरोकारवालाहरुले आयोडिन सम्बन्धि जागरण अभियान एउटा स्वास्थ्य सस्थाले मात्र एकल अभियान थाल्लु भन्दा शिक्षाका निकाय, स्थानीय निकाय, स्वास्थ्य संग सम्बन्धित कुनै गैर सरकारी निकाय लगायतका सरोकार राख्ने निकाय तथा ब्यक्तिहरुसंग समयन्वय गरी आयोडिन कमीले पार्ने असर र यसको आवश्यकता आयोडिन पाउने श्रोतबारे ब्यापक जनचेतनात्मक अभियान अगाडी बढाउनु पर्ने धारणा राखेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौषल अलिको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यतामा आयोजित अन्तरक्रियामा सहजिकरण गर्दै जिल्ला स्वास्थ्यका आयोडिन फोकल पर्शन कटक महतले आयोडिनको कमीले विगतका बर्षहरुमा देखिएका रोगहरु केही कम हुदै गएपनि यसलाई नियन्त्रण मात्र हैन निर्मुलै पार्न आयोडिन नियमित र नभईनहुने तत्व भएको बताउनु भएको छ । यसका लागि आयोडिन पाईने एकमात्र साधन २ बालबालिकाको चिन्न भएको पोका नुन सम्पूर्ण समुदाय, घरपरिवार, गर्भवती महिला तथा बालबालिकाहरुले खानामा प्रयोग गर्न महतले आग्रह गर्नु भएको छ ।

फेबु्रअरी १ अर्थात माघ १७ देखि फागुन १७ गते सम्म संचालित आयोडिन जागरण अभियानलाई सार्थक बनाउन सम्पूर्ण सरोकार निकाय, नागरिक समाज संचार मिडियाहरुलाई प्रचार प्रशारात्मक जागरणमा लाग्न आग्रह समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन