नन्दराम जैशी/फागुन ३, जुम्ला । जुम्लाका स्थानिय निकाय कर्मचारीले गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । स्थानिय निकायबाट प्रबाह हुने से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/फागुन ३, जुम्ला । जुम्लाका स्थानिय निकाय कर्मचारीले गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । स्थानिय निकायबाट प्रबाह हुने से"/>

2026-10-15 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा स्थानिय निकायबाट प्रबाह हुने सेवा अनिश्चितकालिन बन्द


नन्दराम जैशी/फागुन ३, जुम्ला । जुम्लाका स्थानिय निकाय कर्मचारीले गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । स्थानिय निकायबाट प्रबाह हुने सेवा अनिश्चितकालिन बन्द गर्दै सोमबारदेखि गाविस, जिविस तथा नगरपालिकाको कार्यालय तालाबन्दी गरेका हुन् ।

 सेवाग्राहि मर्कामा

 स्थानिय निकायमा कर्मचारी समायोजन प्रक्रिया बिभेदपुर्ण रहेको भन्दै माग सम्बोधन नहुन्जेल सम्म स्थानिय कर्मचारी संघ नेपाल जुम्लाले स्थानिय निकायबाट प्रवाह गरिने सेवा ठप्प पार्दा स्थानिय निकायका सेवाग्राहि मर्कामा परेका छन् । 

स्थानिय निकाय अन्तरर्गत जुम्लाका गाविस, जिविस र नगरपालिकामा विभिन्न काम लिएर जाने सेवा ग्राहिहरु सोमबार कार्यालय बन्द भएपछि रित्तोहात घर फर्केका थिए । यस्तै जिल्लाका गाविसहरुबाट प्रवाह हुने सेवा ठप्प भएपछि सबै गाविसका हजारौ सेवाग्राहि मर्कामा परेका छन् । 

सोमबार रारालिहि गाविस ७ का नैसर सार्कीले आफु जिविसमा भौतिक निमार्ण आयोजनाको भुक्तानी लिन गएपछि कार्यालय बन्द हुदाँ काम हुन नसकेको गुनेसो ब्यक्त गर्नुभयो । स्थानियलाई बिना जानकारी गरिएको अनिश्चितकालिन बन्दले आफु लगायत अन्य सेवाग्राहि हरु समेत मर्कामा परेको सार्कीको तर्क छ । सोमबार मात्र जिविसबाट प्रवाह गरिने विभिन्न सेवा लिन गएका झण्डै २ सय बढि सेवाग्राहिहरु बन्दका कारण प्रभावित भएको आन्दोलन परिचालन समितिका संयोजक लक्ष्मीचन्द्र न्यौपानले स्वीकार्नुभयो ।

 नगरपलिकाको दैनिक कार्य सम्पादन प्रभावित   

 बन्दको कारण यता नगरपलिकाको पनि दैनिक कार्य सम्पादन प्रभावित भएको छ । नगरपालिकामा स्थानियहरु सेवा लिन सयौको संख्यामा गएपनि सबै सेवा नपाएर फर्किएका छन् । बन्दले गर्दा जिविसबाट दैनिक गरिने योजना सम्झौता, लागत स्टमेट, संस्था नविकरण तथा दर्ता, राजश्व संकलन लगययत मन्त्रालय देखि स्थानिय स्तर सम्म हुने आर्थिक तथा प्रशासनिक कार्य ठप्प हुदाँ सेवा ग्राहि मर्कामा परेका हुन् । 

यस्तै नगरपालिकाबाट दैनिक हुने पन्जीकरण अन्तरर्गतका सेवा, विभिन्न सिफारिस, नक्सापास, सम्पत्ति मुल्यांकन जस्ता कार्यहरु नहुदा धेरै सेवाग्राहिलाई समस्या भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माका अनुसार आजमात्रै ३ सय भन्दा बढि नगरबासी दैनिक पाउने सेवाबाट प्र्रभावित भएको बताइएको छ ।   

 सवारी नियन्त्रण, के के छन् त माग, मुद्धाहरु     

आन्दोलन परिलाचन समिति जुम्लाले कार्यालय तालाबन्दी गरी जिविस र नगरपालिकामा कार्यालय प्रयोजनका लागि राखिएका सवारी साधानहरु स्थानिय विकास अधिकारी र कार्यकारी नगरअधिकृतलाइ प्रयोग गर्न दिएको छैन ।

आफ्ना सान्र्दभिक माग तथा मुद्धाहरु सम्बोधन नभएसम्म बन्द हड्ताल तथा आन्दोलनका कार्यक्रमहरु जारी राख्ने स्थानिय निकाय कर्मचारी संघ नेपालका अनुसाशन आयोग केन्द्रिय सदस्य क्षेत्र बहादुर बुढ्थापाले बताउनु भयो । सेवा प्रवाहमा पर्न गएको असुविधा प्रति आन्दोलन परिलाचन समितिले क्षमाआचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने