१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर मन्दिरमा बाह्र ज्योतिर्लिङ्ग निर्माण

३ फाल्गुन २०७३, मंगलवार ०५:०५

फागुन ३, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रिमा लाग्ने विशेष मेलाका लागि यसपालि बाह्र ज्योतिर्लिङ्गको निर्माण गरिएको छ । 

श्रद्धालुले शिवका बाह्रवटै ज्योतिर्लिङ्गको दर्शन गर्न पाउने भएको महाशिवरात्रि पूजनोत्सव समितिका संयोजक अमरदीप साहले बताउनुभयो । भारतबाट विशेष आएका कलाकारले निक्कै कलात्मक ढङ्गले आकर्षक एवम् भव्य ज्योतिर्लिङ्ग बनाएका छन् । 

जलेश्वरनाथ महादेव स्वनिर्मित तथा बाहै्र महिना पानीमुनि बास गर्ने महादेव हुन् । जलेश्वरनाथ महादेव गुफाभित्र बास गर्ने र गुफा पनि स्वनिर्मित नै रहेको पुजारी उपेन्द्र पाठकले बताउनुभयो । 

जलेश्वरनाथ महादेवको दर्शनका लागि महाशिवरात्रि मेलामा नेपालका महोत्तरी, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सर्लाही, रौतहट तथा भारतका मधुवनी, सीतामढी, दरभङ्गा र मुज्जफरपुरसम्मका श्रद्धालु आउने गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि