सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाक"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा

२०७३, ३ फाल्गुन मंगलवार १४:५१


सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाका आधारमा मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयले अस्पतालको स्टोरमा छापा मारेको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा गएको टोलीले छापा मार्दा अस्पतालको स्टोरमा जिङ्क सल्फेट नामक औसधी म्याद गुज्रेको अवस्थामा फेला परेको पाइएको छ । 

हालै खरिद गरिएका १४ प्रकारका औसधीहरु नियम विपरित स्टोर गरेको पाइएको छ भने नियमअनुसार औषधी आपुर्तीकर्ता कम्पनीले कम्तीमा १८ महिना उपभोग्य मिति बाँकी रहेका औषधी मात्र आपुर्ती गर्नु पर्ने र अस्पतालको स्टोरले दाखिला गर्दा पनि सोही नियमको पालना गर्नु पर्ने भए पनि त्यसो नगरिएको पाइएको छ । 

भेटिएका औसधीहरु मध्ये धेरै जसो औषधीको उपभोग्य म्याद अबको तिन देखी छ महिना भित्र सकिने खालको छ । जिल्ला अस्पतालका स्टोर किपर दलबहादुर बुढाऐरले औसधी दाखिला गर्नु पुर्व जिल्ला प्रशाशन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिकले औषधी रुजु गरेको र आफुले दाखिला मात्र गरेको बताएका छन । उनले भने  ठेकेदार कम्पनी ड्रग सेन्टर धनगढीले गत पौष २७ गते एक महिना भित्र औसधी आपुर्ती गर्ने सर्तमा ठेक्का लिएको उक्त कम्पनीले सम्झौताको म्याद गुज्री सक्दा पनि सबै औषधी आपुर्ती गर्न सकेको छैन । कुल ३२ लाख रुपैयाको औषधी आपुर्ती गर्ने जिम्मा लिएको कम्पनीले २४ लाखको मात्र औषधी जिल्ला अस्पताल पुर्याएको छ ।

यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला प्रशाशन कार्यालयको प्रतिनिधी औषधी रुजु गर्न गए नगएको विषयमा आफुलाई जानकारी नभएको र यस विषयमा कार्यालयमा बुझेर मात्र भन्न सकिने बताए । उनले औसधी आपुर्ती कर्ता कम्पनी संग भएको सम्झौताका आधारमा छानविन गरिने  र नियम विपरित गरेको पाइए कारबाही हुने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !