सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा

३ फाल्गुन २०७३, मंगलवार १४:५१


सम्राट सिंह | फागुन ३, बझाङ | जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । केही दिन अघि मात्र म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाका आधारमा मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयले अस्पतालको स्टोरमा छापा मारेको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा गएको टोलीले छापा मार्दा अस्पतालको स्टोरमा जिङ्क सल्फेट नामक औसधी म्याद गुज्रेको अवस्थामा फेला परेको पाइएको छ । 

हालै खरिद गरिएका १४ प्रकारका औसधीहरु नियम विपरित स्टोर गरेको पाइएको छ भने नियमअनुसार औषधी आपुर्तीकर्ता कम्पनीले कम्तीमा १८ महिना उपभोग्य मिति बाँकी रहेका औषधी मात्र आपुर्ती गर्नु पर्ने र अस्पतालको स्टोरले दाखिला गर्दा पनि सोही नियमको पालना गर्नु पर्ने भए पनि त्यसो नगरिएको पाइएको छ । 

भेटिएका औसधीहरु मध्ये धेरै जसो औषधीको उपभोग्य म्याद अबको तिन देखी छ महिना भित्र सकिने खालको छ । जिल्ला अस्पतालका स्टोर किपर दलबहादुर बुढाऐरले औसधी दाखिला गर्नु पुर्व जिल्ला प्रशाशन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिकले औषधी रुजु गरेको र आफुले दाखिला मात्र गरेको बताएका छन । उनले भने  ठेकेदार कम्पनी ड्रग सेन्टर धनगढीले गत पौष २७ गते एक महिना भित्र औसधी आपुर्ती गर्ने सर्तमा ठेक्का लिएको उक्त कम्पनीले सम्झौताको म्याद गुज्री सक्दा पनि सबै औषधी आपुर्ती गर्न सकेको छैन । कुल ३२ लाख रुपैयाको औषधी आपुर्ती गर्ने जिम्मा लिएको कम्पनीले २४ लाखको मात्र औषधी जिल्ला अस्पताल पुर्याएको छ ।

यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला प्रशाशन कार्यालयको प्रतिनिधी औषधी रुजु गर्न गए नगएको विषयमा आफुलाई जानकारी नभएको र यस विषयमा कार्यालयमा बुझेर मात्र भन्न सकिने बताए । उनले औसधी आपुर्ती कर्ता कम्पनी संग भएको सम्झौताका आधारमा छानविन गरिने  र नियम विपरित गरेको पाइए कारबाही हुने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन