प्रेम सुनार | फागुन–३, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नवराज भुसालको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | फागुन–३, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नवराज भुसालको "/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाल पत्रकार महासंघ गुल्मीको सर्वसम्मत नेतृत्व चयन

३ फाल्गुन २०७३, मंगलवार १५:१९

प्रेम सुनार | फागुन–३, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नवराज भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको महासंघको उपाध्यक्षमा अनिल खत्रि, महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा टोप लाल अर्याल, सहसचिवमा नारायण प्रभात मरासिनि, सहसचिवमै घनस्याम खरेल, कोषाध्यक्षमा तेजिन्द्र श्रेष्ठ तथा सदस्यहरुमा रामकृष्ण कंडेल, राजेन्द्र पन्थी, धनकुमारी नेपाली, कौरव खत्रि, रेशम कुँवर, छवि पाण्डे, दधिराम खनाल रहनु भएको छ।

त्यस्तै केन्द्रिय सभासद्मा हरिकुमार श्रेष्ठ, घनश्याम गौतम, जनार्दन घिमिरे, हरिकुमार पोखरेल, कमल पौडेल, गगनशिला खड्का, प्रेम सुनार  निर्वाचित हुनु  भएको छ। त्यस्तै प्रादेशिक सभासद्मा हेमलाल भण्डारी, ज्ञान वहादुर महतरा, तिलक महत, गणेश सारु, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, तारा प्रसाद भुसाल, मदन पौडेल निर्वाचित हुनु भएको छ।

अधिवेशनको अवसर पारेर नवनिर्मित महासंघको भवन समेत उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघ का केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले सो नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो। गुल्मी शाखाले ४७ लाखको कुल लागतमा सुचना प्रविधि मैत्रि भवन निर्माण गरेको हो।

यसै विच नेकपा माओवादी केन्द्र गुल्मीको प्रचार विभागले प्रेस सेन्टर नेपालका तर्फवाट नेपाल पत्रकार महासंघको ५ औं जिल्ला अधिवेशनबाट निर्वाचित हुने पदाधिकारी सहितका सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पे्रस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार केन्द्रिय सभासद, प्रादेशिक सभासदमा  तिलक महत, मदन पौड्याल, गणेश सारु,   जिल्ला कार्य समिति सह–सचिवमा  घनश्याम खरेल र  सदस्यमा  दधिराम खनाल निर्वचित भएकोमा प्रचार विभागले बधाई तथा स्वागत मन्तव्यको आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा जिल्ला ईन्चार्ज दिनेश पन्थी, जिल्ला संयोजक विरबहादुर कार्की, प्रचार विभाग प्रमुख युवराज केसी, २ नम्वर क्षेत्रिय संयोजक अशोक थापा लगायतले नवनिर्वाचित  सभासदहरु, जिल्ला कार्य समितका पदाधिकारी र सदस्यलाई बधाई दिदै सफल कार्याकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन