Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीको मनरी गाबिसमा कुवा निर्माण गरी उद्घाटन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १२, नवलपरासी । वातावण तथा सांस्कृति जोगाउन मनरी गाविसमा एक
कुँवा निर्माण गरि आज एक कार्यक्रम बिच त्यसको उदघाटन गरिएको छ । नेपाल सरकारको पानी मुहान संरक्षण
कार्यक्रम अन्तर्गत जिल्ला भुसंरक्षण कार्यलय नवलपरासीले ९५ हजारको आर्थिक तथा प्राविधिक सहयोगमा सो
पुरानो कुँवाको मर्मत तथा निर्माण गरि कुँवाको उदघाटन गरि स्थानिय कुँवा संरक्षण समितिलाई हस्तान्तरण
समेत गरेको हो ।

sajha sabal nawalparasi 2
एका त जिल्लाको अधिकांश ठाउँमा आर्सेनिक
पानीको समस्या अर्काे तर्फ वातावरण प्रदुषितले मानिसहरुको जिवन जोखिममा पर्दै गएको छ । कुँवाको
सांस्कृतिक महत्व र कुँवाको आर्सेनिक रहित पानीले मानिसको जिवन जिवन्त रहने हुँदा सरकारले विभिन्न
जिल्लमा पुरानो कुँवाको मर्मत तथा निर्माण अभियान चलाएको छ ।

sajha sabal nawalparasi 1
कुँवा उद्दघाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं भु संरक्षण कार्यालयका प्रमुख
श्यामसुन्द्र श्रेष्ठ, कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अलि मोमिन,
अतिथि भु संरक्षण कार्यालयका ईन्जिनिर राजु बज्राचार्य लगायतले कुँवाँको महत्वका बारेमा जानकारी गराएका
थिए ।

sajha sabal nawalparasi 3