Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सङ्गीतलाई तिलाञ्जली दिएर स्कूल खाेलेँ

By kit 19 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

संस्थापक प्रिन्सिपल : एकराज पौडेल

पेट्रियट इङ्लिस मिडियम स्कूल

जयनगर, मगरागाडी, बर्दिया

जसरी मुलुकमा राजनैतिक अस्थिरता छाएको छ । यसको प्रभाव मुलुकका सबै क्षेत्रहरुमा परेको अवस्था छ । कुनै क्षेत्र पनि एउटा निश्चित गतिमा गतिशील भएर चल्न सकेको अवस्था छैन । एक दशक लामो समयसम्म शशस्त्र युद्धले गाँजेको यो मुलुक फेरि अर्को एक दशक संविधानमा अल्झियो । अबको दशक निर्वाचन र सत्ताकै खेलमा अल्झिने होला । यो अवस्थामा नोपालको शैक्षिक क्षेत्र पनि पेण्डुलम जस्तो भएको छ । आवश्यक पूर्वाधार छैन, यो शिक्षा र उ शिक्षा, ग्रेडिङ, कहिले एस.ई.सी. त कहिले एस.ई.ई. भन्दैमा वितिरहको छ । शिक्षा नियमावली पनि मेलम्चीकै पाइपसँगै पाइपलाइनमा नै अड्केर बसेकाले पुर्नसंरचनाको कुरा पनि थला परेर बसिरहेको अवस्था छ ? यस्तो अवस्थामा मुलुकको शैक्षिक अवस्थामा कसरी गुणस्तरीयता आउने हो त ? यो सबैको चासो र चर्चाको विषय बनेको छ । जे जसो भएपनि बर्दिया जिल्लामा संस्थागत विद्यालयहरुको शैक्षिक उन्ननयनमा योगदान रहेको छ । यसै सन्दर्भमा सास बर्दियाका सम्पादक प्रभात सुवेदीले जिल्लाको मगरागाडी गाविस वडा नं. २ जयनगरमा सञ्चालित पेट्रियट ईङ्लिस मिडियम स्कुलका संस्थापक प्रिन्सिपल एकराज पौडेलसँग यस्तै सेरोफेरोमा रहेर कुराकानी गर्नुभएको छ । रेडियो नेपाल क्षाेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट "मगरागाडी गाउँ वनुवा हुइना ठाउँ, डेना पख्ना नै हो साली कैसा उडी जाउँ" गीत गाएर  जिल्लामा नै पहिलाे लाेक गायकका रुपमा चिनिनुभएका पौडेलले गत वर्ष "काेठियाघाटैमा" र "गोपी गोपी छायाँ बरिलै" गीत रेकर्डिङ्ग गराउनुभएको थियो । सङ्गीत विधालाई चटक्कै छाडेर शिक्षा क्षेत्रमा सेवारत पाैडेलसङ्ग गरिएको कुराकानी ।

विद्यालयको सोच र स्थापना :

विगतमा मगरागाडी वडा न.. २ मा ३ ओटा संस्थागत स्कूलहरु सञ्चालित थिए । तर सबै निजी विद्यालयहरु जिल्ला बाहिरका मान्छेहरुबाट खोलिएकोले अस्थायी प्रकृतिका विद्यालयहरु थिए । सेवा भन्दा पनि उनीहरुको पैसा कमाउने ध्येय रहेछ । उनीहरुले पछि छोडेर गए । तीनै विद्यालयहरुमध्ये एक विद्यालयका सञ्चालक सुन्दर गुरुङले मैले छोडेर जाँदैछु भन्नुभयो । त्यसैले यो क्षेत्रमा कुनै कार्यालयहरु, विद्यालयहरु नभएमा मानिसहरुको आगमन नहुने र यो समुदाय पछाडि पर्ने भएको महशुस गरीे नयाँ ढङ्गले सञ्चालन गर्ने उद्देश्यका साथ वि.सं. २०५० सालमा मैले लिएँ ।

तत्कालीन र अहिलेको अवस्था ः

विशेष गरी हामी यो भन्दा अगाडि स्थापनाका कालमा २ जना थियौँ दुर्गा बहादुर वली र म सँगै थियौँ पछि २०५८ सालमा द्वन्द्वको चरम प्रभावका कारणले स्कूल ३ वर्ष बन्द भयो । र, २०६१ सालमा मात्रै विद्यालय खेलियो । त्यसपछि सञ्चालन गर्दा भने मैले एकल रुपमा नेतृत्व लिएँ । यो ठाउँका अभिभावकहरुले मलाई तपाई आउनु पर्छ जसरी पनि यो विद्यालयलाई पुर्नस्थापना गर्नुपर्छ भनेर अनुरोध भएर मैले कलाक्षेत्रलाई पनि तिलाञ्जली दिएर यस क्षेत्रमा होम्मिएँ । त्यतिका वर्ष सञ्चालन गरेर पनि मसँग बालबालिकाहरुलाई क, ख गराउनुबाहेक कुनै पनि सीप थिएन । यहाँम्म पु¥याउन ठूला चुनौतीहरुको सामना गर्नुप¥यो । अब यहाँ गरिब सुकुम्बासीहरुका बालबालिकाहरुलाई पनि ल्याएर पढाउन सकिन्छ । बोर्डिङको कल्पना गर्न पनि नसक्नेहरुका बालबालिकाहरु पनि पढ्ने अवस्था बनेको छ । पैसा हुनेहरु भारतको नैनीताल, लखनउ, दिल्ली लगेर पढाउँथे । पैसा नहुने विपन्न परिवारका सन्ततीहरु भने निरक्षर भएरै बस्नुपर्ने अवस्थाको अब अन्त्य भएको छ । अब हामीले पनि काठमाडौंका उत्कृष्ट विद्यालयमा अध्यापन गराइने पाठ्यक्रम र पाठ्यपुस्तक पढाइरहेका छौँ ।

अङ्ग्रेजी माध्यमका विद्यालय किन ?

हामीले पनि अङ्ग्रेजी माध्यमबाट पढाउन सकिन्छ भन्ने कुरा प्रस्तुत गरिहरका छौँ । यसो भनिरहँदा मैले जङ्गबहादुरको यो भनाई सम्झिएँ “अरु सबै कुरा छोड बालबालिकाहरुलाई अङ्ग्रेजी पढाउ ।”  यो भनाइ मलाई साह्रै नै घत लागेको थियो । म आफैलाई पनि यसको आवश्यकता खट्किएकोले गर्दा पनि यसलाई नै मैले जोड दिएको हुँ ।

विद्यालयमा विद्यार्थी र कर्मचारीको अवस्था :

वि.सं. २०६९ मा पहिलो एस.एल.सी. र अब पाँचौँ व्याच सहभागी हुँदैछन् । विद्यार्थीहरु ५ सय भन्दा बढी रहेका छन् । विद्यालयमा कूलm २८ जना जति टिचिङ र नन टिचिङ गरी शिक्षक कर्मचारीहरु हुनुहुन्छ ।

समस्या तथा चुनौतीहरु :

सबैभन्दा ठूलो समस्या भनेको त शैक्षिक मेनपारको कमी नै हो । सक्षम जनशक्ति अवसरको खोजीमा विदेश र शहरमुखी भएका छन् गाउँमा आएर सेवा गरौँ भन्ने मनसाय कम भएका कारण वौद्धिक क्षमताका व्यक्तित्वहरु पाउनै मुश्किल छ । हामीले पनि वहाँहहरुलाइ यथोचित रुपमा तलब दिन पनि सकेका छैनौँ । यही कारणले गर्दा पनि होला अत्यन्तै वोनाफाइड शिक्षक पाउनै मुश्किल छ, पाइहाले पनि टिकाउन मुश्किल छ यो एउटा डरलाग्दो समस्याका रुपमा रहेको छ ।

शैक्षिक गुणस्तरका सन्बन्धमा :

हो, यही कुरा संवेदनशील छ । आजभोलि बालबालिकाहरुलाई पनि बाहिरी हावाले छोएको छ । मैले पढ्नु पर्छ भन्ने भावनाको विकास गराउनै गाह्रो छ । शिक्षकहरुलाइ तालीम दिएर हुन्छ कि, पार्टटाइममा टाढाबाट मगाएर हुन्छ कि जे जसो गरेर भएपनि  विद्यालयको गुणस्तरमा कुनै सम्झौता नगरीकन हरतरहले हामी लागिरहेका छौँ ।

विद्यालयको नतिजा :

एक त गाउँघरमा विद्यालय सञ्चालन गर्ने कुरा नै आफैमा चुनौतीपूर्ण छ । यसो हुँदाहुँदै पनि गतवर्षको एसएलसी परीक्षामा मध्यपश्चिमाञ्चलमा नै जिपिए ३.८५ ल्याउने ३÷४ जना विद्यार्थीहरुमध्येमा हाम्रो विद्यालयका छात्र निर्णय चौधरीलले जिल्ला टप गरे ।

भविष्यको योजना ?

शैक्षिक प्रतिष्ठान हो । योजना विना त किन चल्थ्यो र ? सर्सती योजनाहरु जे ल्याएको छौँ आर्थिक अभावका कारण अगाडि बढाउन पनि सकेका छैनौ । यसका लागि अभिभावकहरु नै समृद्ध बन्नु पर्छ भन्ने हाम्रो धारणा हो । एकातिर हामीलाई जस्तै यहाँका अभिभावकहरु कृषकहरु नै हुनुहुन्छ तर यहाँको कृषीको पाटो कमजोर छ । मरी मरी उत्पादन गरेपनि कृषि उपजहरुको मूल्य नहुँदा किसानहरु मारमा परिरहको अवस्था छ भने अर्कोतिर शिक्षामा लागनी भनेको फजुल खर्च जस्तै सम्झिने समुदाय पनि भएका कारण पनि हामीले सोचेका योजनाहरु लागू गर्न अझै केही वर्ष लाग्ने निश्चित जस्तै छ ।

आनन्दको क्षण :

ग्रामीण भेगमा पनि यो उपलब्धी पाउँदा पनि निकै खुशी लागेको छ । गएको एस.एल.सी. परीक्षामा निर्णय चौधरीले प्रथम स्थान प्राप्त गर्दा खुशी भएको थिएँ । यो नतिजाका कारण सदरमुकाममा रहेका विद्यालयसँग पनि प्रतिष्पर्धा गर्न सकिने रहेछ भन्ने लाग्यो । र, हामी चाहन्छौँ यस्ता दिनहरु सधैं सधैं आइरहुन ।

तीतो अनुभव ?

वि.सं. २०५० सालबाट शुरु गरियो तर २०५८ सालमा द्वन्द्वका कारण बन्द गर्नुपर्दा विद्यालयमा ठूलो दूर्घटना प¥यो । यसरी ९ वर्षसम्म विद्यालयले एउटा उचाई लिइसकेको समयमा यस्तो हुँदा निकै चित्त दुख्यो ।

राज्यको भूमिका :

राज्यले निजी विद्यालयहरुले पनि देशको शैक्षिक उन्ननयनमा टेवा दिएको ठानोस् । हामीलायई पनि तालीमको व्यवस्था, लगानीको शुनिश्चितता गरिदिओस् । हामीप्रतिको हेराई पनि सम्मानजनक होस् । यी कुराहरु भए भने उद्योग धन्दाहरुको क्षेत्रमा जस्तै फराकिलो मन बनाएर शिक्षामा लागानी गर्न आउनेहरुको कमी हुँदैनथ्यो । र, नेपालको शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउन सकिन्थ्यो ।

प्रविधि र शिक्षा :

खासै त्यस्तो नयाँ प्रविधि अपनाउन सकिएको छैन । हामीले अडियो, भिडियो, इन्टरनेटमैत्री कक्षाहरुका माध्यमबाट तत्काल भैरहेका गतिविधीहरुलाई दिन सक्ने अवस्थामा छौँ । ल्यापटप, मोबाइलका माध्यमबाट पनि पाठ्यक्रमका विषयवस्तुहरु दिने प्रयास हाम्रो भैरहको छ । किताब, कापीहरुको साटो ल्यापटपका साथमा शिक्षा दिलाउन सकियोस् भन्ने चाहना छ ।

अन्तिममा :

विद्यालय यो अवस्थासम्म आइपुग्दा मेरो जीन्दगी नै लगाएको छु । यो समाजलाई मलाइ हेरोस् भन्न त चाहन्न तर मैले गरेका कामहरुमा राम्रो कामहरुलाई अगाडि बढाउन र मैले आगामी दिनमा गर्नु पर्ने कामहरुका सन्दर्भमा सकारात्मक रुपमा सल्लाह सुझाब दिनका लागि सबैमा म अनुरोध गर्दछु ।

अन्तमा, तपाईंको यो चर्चित अनलाइन मिडिया साझासबाल डटकमको उत्तरोत्तर प्रगतिको कामनासाथ मलाई आफ्नो शैक्षिक संस्थाको बारेमा जानकारी दिनका लागि यो मौका प्रदान गरिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

तस्वीर स्रोत : विद्यालयको फेसबुकपेज ।

https://www.facebook.com/Patriot-English-Medium-School-299563683568592/?fref=ts