2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन

बैशाख १४, नवलपरासी । नवलपरासीको देवचुली नगरपालीका,
प्रगतीनगरमा १ सय ८ बर्षिय बृद्धको निधन भएको छ । हिजो (सोमबार) प्रगतीनगर स्थित आफ्नै निबासमा अजुती
चापागाईको निधन भएको हो । उहाँको सोमबार नै अन्त्यष्टि गरीएको छ ।

बि.सं. १९६५ मा जन्मिएर ९५ बर्ष पहाडि जिल्लामै आफ्नै जीवन बिताउनु भएकी चापागाई पछिल्लो १३
बर्ष देखी तराईमा बस्दैआउनु भएको थियो । २ छोरा (नरभुपाल चापागाई, दुर्गा प्रसाद चापागाई) र २ छोरी
(लक्ष्मि चापागाई, खगिसर चापागाई) लाई जन्मदिनु भएकी उहाँसँग पछिल्लो समय कान्छा छोरा दुर्गा प्रसाद
चापागाई सँगै बस्दै आउनुभएको छ । कान्छा छोरा दुर्गा प्रसाद पनि अहिले ६८ बर्ष पुगिसक्नुभएको छ । उहाँको
जेठाछोरा र छोरीको भने मृत्यु भईसकेको छ ।

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन
पछिल्लो तिनबर्ष देखी घरकै खाट बाट लडेर सामान्य घाईते हुनभएकी अजुती चापागाई हिडडुल गर्न
सक्नुहुन्थ्यो । पछिल्लो एकबर्ष देखी घरका सदस्य बाहेक अन्यलाई चिन्न समेत छोड्नु भएको कान्छो छोरा
तर्फका नाती गंगाराम चापागाईले बताउनु भयो । “घरका सदस्यलाई मात्र चिन्नुहुन्थ्यो, टाढा भएको मान्छेलाई
ठम्म्याउन सक्नुहुन्नथ्यो”, गंगारामले भन्नुभयो । नाती गंगारामका अनुसार हजुरआमा अजुतीले छोरा, नाती,
पनाती गर्दै अहिले सम्म १४० सन्तान देखिसक्नुभएको छ । उहाँले जेठी छोरी तर्फ पाँच पुस्ता र छोरा तर्फ ३
पुस्ता देखीसक्नुभएको थियो ।

IMG_20151022_123420


तस्बिर /भिडियोः बि.सं. २०७२ सालको बिजया दशमीमा आफ्ना
सन्तानहरुलाई आर्शिवाद दिनुहुँदै  अजुती चापागाई।

– तस्बिर/भिडियोः गोपिकृष्ण चापागाई/ साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई