Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 15, 2017 दाङ्ग - DNG, समाज

दाङमा ग्याङ फाईटमा सामेल एक दर्जन युवा प्रहरी फन्दामा (नामावालीसहित)

By kit

फागुन ४, दाङ । ग्याङ फाईटमा समलाग्न भएको अभियोगमा तुलसीपुर ११ अश्वाराबाट मंगलवार राति १० बजेतिर एक दर्जन युवा प्रहरी फन्दामा परेका छन् ।

स्थानीय नविन भण्डारीको घरमा बैबाहिक समारोहका अवसरमा नाँच चलिरहेको समयमा अश्वारा निवासी २१ बर्षीय लक्ष्मी भण्डारीको समुहले सोही ठाँउ निवासी १८ बर्षीय शरद न्यौपाने लगायतका युवाहरुलाई कुटपिट गरेको अभियोगमा सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झडपमा ३ जना घाइते भएका छन् भने एक जनालाई गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ  न्यौपानेको खुट्टामा गहिरो चोट लागेकाले उनलाई बाँकेको कोहलपुर लैजाने तयारि भएको छ भने अन्य दुईजना सामान्य घाइते भएकाले राप्ती अञ्चल अस्पतालमा प्राथमिकउपचार पछि घर फर्किसकेका छन् ।

घाईते न्यौपाने र टीकाराम केसीको बीचमा विवाद हुँदा उत्पन्न विवादले उग्र रुप लिएपछि दुई समुहका बीचमा कुटाकुट भएको प्रहरीले बताएको छ । न्यौपाने लगायतका युवाहरुलाई कुटेको अभियोगमा तुलसीपुर ११ निवासी २१ बर्षीय लक्ष्मी भण्डारी, १८ बर्षीय लक्ष्मण भण्डारी, १९ बर्षीय रामेश्वर वली, १७ वर्ष भन्दा कम उमेर समुहका मोहन वली, केशव भण्डारी, राजु परियार, सुवास वली, विवेक वली, टिकाराम केसी, तुलसीपुर ८ निवासी घनश्याम खड्का, पुरन्धारा २ निवासी २० बर्षीय हमित शाह, सोही ठाँउका १९ बर्षीय प्रेम शेर्पा लगायतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।