टेक शाही/फागुन ४, डोल्पा । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले डोल्पा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ४, डोल्पा । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले डोल्पा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको हो ।

2026-09-03 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

राष्ट्रिय मानव अधिकार आयोगद्धारा डोल्पा जिल्लाको अनुगमन


टेक शाही/फागुन ४, डोल्पा । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले डोल्पा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको हो ।

राष्ट्रिय मानव अधिकार अधिकृत टंक प्रसाद खनालको नेतृत्वमा आएको टोलीले जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयको अनुगमन गरेको छ । सरकारी तथा गैरसरकारी निकायहरुबाट जनतामा प्रवाह हुने सेवा मानव अधिकार मैत्री भए नभएको बिषयमा जानकारी लिईएको खनालले बताउनु भयो ।

तयसका साथै टोलीले सरकारले तयार पारेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि जिल्लाका सरकारी निकायलाई निर्देशन समेत दिएको छ । हरेक सरकारी कार्यालयल्े कार्य योजना ममासिक रुपमा अपडेट गर्नु पर्ने भएको छ । 

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मान बहादुर बुढाले मानव अधिकार राष्ट्रिय कार्ययोजना अनुरुप नियमित कार्यसम्पादन गरिएको भएपनि सोही अनुरुप अभिलेखिकरण नहुँदा कार्ययोजना कार्यन्वयन प्रभावकारी नदेखिएको बताउनुभयोे । जिल्लाका गैर सरकारी संस्थाका प्रतिनिधि तथा संञ्चारकर्मीहरु संग भएको छुट्टै छलफलमा कार्यालयले दिनेगरेको सेवा प्रवाहको विश्वसनियताको बिषयमा समेत छलफल गरिएको थियो ।

सरकारी निकायका प्रमुख तथा सरोकारवालाहरु संगको छलफलमा मानव अधिकार संरक्षण संम्वद्र्धनकालागि छिटो छरितो,सर्वसुलभ रुपमा सेवा प्रवाहका गर्न आयोगको टोलीले आग्रह गरेको थियो । 

उक्त छलफलमा सरकारी निकायहरुले मानव अधिकारको मूल्य, मान्यता र सिद्धान्त अनुरुप सर्वसाधारणलाई आफ्ना सेवाहरु प्रदानगर्न सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए । धेरै लामो समय पछि गरेको अनुगमन टोलीले आयोगमा दर्ता भएका जिल्लाका विभिन्न गाविसका उजुरीहरु माथि समेत अनुसंधान गरेको जनाएको छ । 

अब निकट समयमा नै आयोगको साखा कार्यालय डोल्पामा स्थापना हुने समेत राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय अधिकृत टंक प्रसाद खनालले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही