2026-08-29 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको पर्यटन विकासका लागि पत्रकारसँग छलफल

नन्दराम जैशी/फागुन ५, जुम्ला । जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यका बिषयमा आज जुम्लामा छलफल गरीएको छ । 

कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाको आयोजनामा आज जुम्लाका क्रियाशिल पत्रकारहरुसँग जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यका बिषयमा छलफल गरीएको हो ।

छलफलका क्रममा जुम्लाका क्रियाशिल पत्रकारहरुले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्न बिनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सुझाब दिएका छन् ।

जुम्लाका संभावित पर्यटन क्षेत्र निर्धारण गरी पर्यटन विकासका लागि आवाश्यक बजेट बिनियोजित गर्दै प्रतिफल प्राप्त हुने गरी कार्यक्रम संचालन हुनुपर्ने पत्रकारहरुको भनाइ छ । साथै जुम्लामा रहेका इतिहाँसिक, धार्मिक तथा बातावरणीय पर्यटन क्षेत्रको संरक्षण तथा प्रर्वद्धनमा जोड दिदै त्यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने पत्रकारहरुले बताएका छन् । 

आर्थिक रुपमा पर्यटन ब्यवसायलाइ अंगाल्न सके जुम्लामा पर्यटनको प्रचुर संभावना रहेको भन्दै पर्यटन विकाससका लागि जुम्लामा प्रभावकारी काम नभएको छलफलमा सहभागि पत्रकारहरुले बताएका हुन् ।

प्रचार प्रसारको कमि र संरक्षण प्रर्वद्धनका कारण ओझेलमा परेका जुम्लाका डिगिदह लगाएतका तालहरु, धार्मिक स्थल र हिमाल तथा जिल्लाको मनोरम दृष्य अवलोकन गर्न सकिने चिमरा जस्ता पर्यटकिय स्थलहरुमा आवाश्यक पुर्वाधार निर्माणमा जोड दिइ जुम्लामा पर्यटन भित्राउनसके जिल्लाकै आर्थिक समृद्धीमा टेवा पुग्ने रेडियो कर्णालीका स्टेशन म्यानेजर गोर्ख बहादुर थापाले बताउनुभयो ।

कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्यायले समितिले जुम्लामा उदाहरणिय काम गर्न नसकेको स्वीकार्दै पर्यटन क्षेत्रको विकासका लागि आगामि बर्षदेखि नँया रणनितिका साथ कार्यक्रम संचालन गरीने बताउनुभयो । 

कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाको स्थापनादेखि हालसम्म झण्डै २० करोड बढि रकमको कार्यक्रम संचालन भएको जानकारी दिदै उपलब्धीमुलक कार्य नहुनुमा सबैको कमजोरि रहेको उहाको भनाइ छ ।

आगामि बर्षका लागि समितिले १ लाख रकमदेखि ५ लाख रकमसम्मका ७० बढि योजनाहरु झण्डै ९ करोड रकमका कार्यक्रम कर्णालीमा संचालन गरीने बताउदै पत्रकारहरुका सल्लाह सुझाबका आधारमा अघि बढ्ने कार्यकारी निर्देशक उपाध्यायले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो