२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

टुवाखोला-पञ्चमीबजार सडक सञ्चालनमा

२०७३, ५ फाल्गुन बिहीबार ०६:३९

फागुन ५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टुवाखोला–पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । 

सगरमाथा राजमार्गमा पर्ने गाईघाट–दिक्तेल सडकखण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो । 

जिविस, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको सडक हालैदेखि सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो । 

फरक–फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त रु १५ लाख, बतासे गाविसको रु १५ लाख, स–छितापोखरी गाविसको रु ६० हजार, स्थानीय मार्से सामुदायिक वनको रु चार लाख, जोरमाटार सामुदायिक वनको रु दुई लाख र ढुकुरथुम सामुदायिक वनको रु एक लाख ४० हजार गरी रु ९० लाखको लागतमा सडक निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । 

सडक सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेल तथा तराईका विभिन्न जिल्ला आवतजावत गर्न सहज भएको छ । सडक निर्माणका क्रममा रु १९ लाख ऋण परेको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

सडक निर्माण सम्पन्न भएपछि जिल्लाबाट प्राविधिक सहितको टोलीले अनुगमनसमेत गरेको उपभोक्ता समितिले जनाएको छ । निर्माण सम्पन्न गरेलगत्तै सञ्चालनमा ल्याइएको सडक गुणस्तरीय भएको अनुगमन टोलीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु