फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटव"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दीप गायन ताराको उपाधि कालीकालाई

५ फाल्गुन २०७३, बिहीबार १४:३०

फागुन ५, बुटवल । रुपन्देहीको बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन ताराको उपाधि कालीका मा.वि. बुटवलका दीपाशुं श्रेष्ठले प्राप्त गरेका  छन् । उपाधिसँगै उनले नगद १५ हजार, मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गायन क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्धेश्यका साथ  छैंठौं  सस्ंकरणका रुपमा आयोजित प्रतियोगितामा ग्लोरी बोर्डिङ बुटवलकी आकाङ्क्षा भण्डारी द्वितीय भई नगद १० हजार प्राप्त गरेकी छन् । यस्तै, न्यू होराइजनकी खुसी पंगेनी तृतीय भई ५ हजार र बुद्ध इङ्लिस बोर्डिङ् सैनामैनाका माधव पौडेल र बुद्धदीप स्कुल रुद्रपुरका नितेश क्षेत्री सान्त्वना भई नगद २–२ हजार सहित मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

रुपन्देही जिल्ला भित्रका मा.वि. तहसम्म अध्ययनरत विद्यार्थीहरूबीच आयोजित प्रतियोतिामा ३७ विद्यालयका विद्यार्थी सहभागी भएकोमा आज उत्कृष्ठ १० विद्यार्थीहरुले फाइनलमा प्रतिस्पर्धा गरेको निर्णायक संयोजक नारायण थापाले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका जिलला शिक्षा अधिकारी टेक बहादुर थापाले  नव प्रतिभाहरूको खोजी गरी कलाकारितामा पहिचान बनाउन यस प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले गायन प्रतिभाको खोजी गर्न कार्यक्रम आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख सुरेनद्र पराजुली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, उपप्राचार्यद्वय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य , प्लस टु संयोजक वसन्त जोशी र रेखा श्रेष्ठले यस्ता कार्यक्रमले प्रतिभाको पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय सवै प्रतिभाको लागि साझा चौतारो बन्नुपर्नेमा जोड दिनुभयो ।  

 प्रतियोगिता संयोजक सङ्गीता शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका सह प्राचार्य कलाधार अर्यालको स्वागत तथा पुरुषोत्तम पाण्डेय, दिनेश खड्का र महेश खनालले कार्यक्रम सञ्चालन  गर्नुभएको थियो भने धन्यवाद ज्ञापनसह संयोजक अर्जुन पन्तले गर्नुभएको थियो ।

यस्तै, विद्यालयले बिहिबार ३६ औ वार्षिक उत्सवको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  उत्कृष्ठ नतिजा दिने शिक्षकहरु र प्राप्त गर्ने  विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायक बसन्त श्रेष्ठ, राज कुमार बरली , पूर्व दीप गायन तारा प्रिया भण्डारी लगायतका कलाकारको प्रस्तुती रहेको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि