2026-07-02 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला सम्पन्न

बैशाख १९, कावासोती | नेकपा क्रान्तिकारी
माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला कावासोतीमा भएको छ । मोहन
वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी र परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत) बीचको पार्टी एकता पछि
क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला नवलपरासीको कावासोतीमा भएको हो ।

अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा पारेर भेला गरिएको हो । भेलाको उद्घाटन
गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य एवम् अवध राज्य इन्चार्ज प्रेम सुवेदीले
मजदुर माथि भएको दमनको विरुद्ध एक भएर लड्नु पर्नेमा जोड दिनुभएको थियो । उहाले कम्युनिष्टहरुबीच चुनावी
एकता नभई सिद्धान्तनिष्ट एकता हुनुपर्ने उल्लेख गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा क्रान्तिकारी युवा
लिगका केन्द्रीय सचिवालय सदस्य तथा अबध संयोजक बिमल सारु मगरले युवाहरु राष्ट्रियता तथा जनतन्त्रको
पक्षमा लडनुपर्ने चर्चा गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा
नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य अशोक लम्साल, जिल्ला सहसंयोजक सुर्य न्यौपाने, नारायण
अर्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यसैगरी भेलाले उत्तम थापाको अध्यक्षतामा २१
सदस्यीय क्रान्तिकारी युवा लीग नवलपरासी गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा खडगबहादुर बाह्रघरे
सचिवमा शिव चालिसे सहसचिवमा पुर्णप्रसाद पोखरेल र कोषाध्यक्षमा बिष्णु गैरे चयन हुनुभएको छ । भेला उत्तम
थापाको अध्यक्षता खडगबहादुर बाह्र घरेको संचालन मा भएको थियो । भेला शुरु हुनु पूर्व कावासोतीको फलफूल
चोकबाट फिलिमहल चोकसम्म युवाहरुले मार्चपास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध