१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम प्रभावित

६ फाल्गुन २०७३, शुक्रबार ०५:२८

फागुन ६, महेन्द्रनगर (धनुषा) | ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् । 

आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका छन् । 

अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधि अभावको मार खेप्दै आएका सर्वसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउनबाट वञ्चित भएका छन् । 

स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि गाउँमा पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन् । धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्याङ्क सङ्कलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन सकेका छैनन् । 

खोप तथा पोलियो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् । धर्नाका कारण करिब दुई लाख बालबालिका खोप कार्यक्रमबाट वञ्चित भएका छन् । धर्नाका कारण अञ्चल अस्पताल जनकपुरसहित पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ स्वास्थ्य चौकी र जनकपुरमा रहेका सहरी क्लिनिकमा समेत बालबालिकालाई दिइने खोप कार्यक्रम प्रभावित भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन