फागुन ६, डोटी । सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण दिपालय–काठमाडौँ  डाँक सेवा प्रभावकारी हुन सकेको छैन् । 

सम्झौताअनुसार याताय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, डोटी । सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण दिपालय–काठमाडौँ  डाँक सेवा प्रभावकारी हुन सकेको छैन् । 

सम्झौताअनुसार याताय"/>

2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा डाँक सेवा प्रभावकारी हुन सकेको छैन

फागुन ६, डोटी । सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण दिपालय–काठमाडौँ  डाँक सेवा प्रभावकारी हुन सकेको छैन् । 

सम्झौताअनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा ओसारपसार गर्नुपर्ने हुन्छ । तर सुदूरपश्चिम यातायात व्यवसायी समितिले डाँक सेवाका लागि लापर्बाही गर्ने गरेकाका कारण डाँक सेवा प्रभावकारी हुन नसकेको क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ । 

‘हामीले दिपायलबाटै डाँक उपलब्ध गराउँछौ,’ निर्देशनालयका खरिदार भोजराज पन्तले भन्नुभयो, ‘तर यताबाट सुदूरपश्चिम यातायातका सिधा काठमाडौँसम्म जाने बस नहुँदा डाँकसेवा प्रभावकारी हुन सकिरहेको छैन् ।’ 

यसबाहेक यातायात व्यवसायीको लापरबाहीका कारण पनि डाँक सेवा प्रभावित भइरहेको जनाएको छ । ‘सवारी साधनले लापर्बाही गरिदिन्छन्, यताबाट लगेर बसहरुले धनगढी सडकमै फालिदिन्छन, काउन्टरमा पु¥याइदिन्नन्, यसले पनि समस्या देखिन्छ भन्दै उहाँले सुदूरपश्चिम यातायातले सम्झौता अनुसार काम नगरिरहेको बताउनुभयो । 

सामान्यतया बाजुराबाट डाँक तीन दिनभित्र दिपायल पुग्नुपर्ने हो । तर अहिले बाजुराबाट दुई हप्तामा दिपायल डाँक पुग्ने गरेको पनि क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ । 

दिपालय–काठमाडौँ डाँक सेवाका लागि क्षेत्रीय हुलाक निर्देशनालय राजपुर दिपायलले सुदूरपश्चिम यातायात व्यवसायी समितिसंग वार्षिक ८६ हजार दुई सय ५० रुपैँयाको सम्झौता गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई