फागुन ६, पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रेस चौतारीका श्रेष्ठले प्रेस युनियनका उमेदवार रमेश पौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रेस चौतारीका श्रेष्ठले प्रेस युनियनका उमेदवार रमेश पौ"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल पत्रकार महासंघ कास्कीमा दीपेन्द्र श्रेष्ठ निर्वाचित, रमेश पौडेल २२ मत अन्तरले पराजित

२०७३, ६ फाल्गुन शुक्रबार १५:४८

फागुन ६, पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रेस चौतारीका श्रेष्ठले प्रेस युनियनका उमेदवार रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा यदुनाथ बन्जरालाई पराजित गर्दै त्रिभुवन पौडेल विजयी भएका छन् । महिला उपाध्यक्षमा भने विमला भण्डारी निर्वाचित भएकी छिन् ।त्यस्तै नेपाल प्रेस युनियनकी बिमला भण्डारीले समावेशी महिलातर्फको उपाध्यक्ष पद जितेकी छिन् । उनले प्रेस चौतारीकी स्मिता अधिकारी र स्वतन्त्र उम्मेदवार ईश्वरी पौडेललाई पराजित गरेकी थिइन् ।

भण्डारीको निकटतम प्रतिद्वन्द्वी भने प्रेस चौतारीकी अधिकारी रहेकी थिइन् प्रेस सेन्टरका रामप्रसाद तिमिल्सिनाले नेपाल प्रेस युनियनका बासुदेव मिश्रलाई पराजित गरी सचिव पदमा बिजयी भएका छन् । त्यस्तै खुल्ला सहसचिव पदमा भने स्वतन्त्र पत्रकार संघका दिननाथ बरालले क्रान्तिकारी पत्रकार संगठनका फडिन्द्र अकिञ्चनलाई पराजित गरेका छन् । त्यस्तै समावेशी जनजातितर्फ गीता रानामगर र समावेशी महिलातर्फ उमा आलेमगर  बिजयी भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा सुरेन्द्र पौडेल, रञ्जन अधिकारी क्षेत्री, एकराज गिरी, कृष्ण दवाडी मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाल र सुरज श्रेष्ठ बिजयी भएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !