2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी यसरि ठग्दैछन

फागुन ७, बझाङ । यहाँका व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् । 

स्थानीय व्यापारीले दाल, चामल, चिनी, तथा माछा मासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेका पाइएको छ । उपभोक्ता तौलमा ठगिँदासमेत स्थानीय प्रशासन भने मौन छ । 

अझै पनि सदरमुकाम चैनुपरदेखि यहाँका मुख्य बजार तमैल, झौता, देउरा, बागथाला, सुनकुडा, देउलेकलगायत क्षेत्रमा ढुङ्गाकै ढक प्रयोग हुने गरको छ । “न त कमाइ खाने जमिन छ, नत रोजगार नै । दैनिक ज्यालादारी गरेर चैनपुरको पसलबाट खाद्यान्न लिने गरेको छु, साहुले दैनिक ढुङ्गाको ढकमा तौलेर दिने गरेको छ”–स्थानीयासी करन विकले भन्नुभयो । 

उहाँले भन्नुभयो, “विरोध गरे उधारो नपाइला भन्ने डर, शङ्का लागेर फलामको प्रमाणित ढक भएको तराजुमा जोख्दा दुई किलो चामलमा एक पाउ कम भयो ।” आफू यसरी दुई वर्षदेखि तौलमा ठगिदै आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले ढक तराजुको परीक्षण गरेको भए ठगिने थिएनौँ ।” 

व्यापारीले खाद्यान्न, तरकारी माछामासु ढुङ्गाको ढकमा तौलेर बेच्दा आफूहरु ठगिँदै आएको जयपृथ्वी नगरपालिका–४ का ५५ वर्षीय मदन स्नेहीको गुनासो थियो । “ढुङ्गाको ढक किन राखेको, फलामे ढक खोइ” भन्दा “एक ढक हरायो, बराबर तौलको ढुङ्गाा हो” भनेर जवाफ दिने गरेको उनीहरुको भनाइ छ । 

“व्यापारीले चर्को मूल्यमा कम तौल भएको सामान बेच्दा गरिब नै बढी ठगिएका छन्”,चैनपुरका नागरिक अगुवा धर्मसिंहले भन्नुभयो । चैनपुरमा प्रतिकिलो मोटो चामलको रु ४५, चिनी र दाल रु एक एक सय र माछा प्रतिकिलो ३५० मा खरिदबिक्री हुने गरेको छ । 

यसैबीच उद्योग वाणिज्य सङ्घले सदरमुकामदेखि ग्रामीण भेगका सबै व्यापारीमा मूल्यमा एकरुपता ल्याउन दरभाउ कायम गरेको छ । प्रजिअ सुनिल खनालले सहायक प्रजिअको संयोजकत्वमा अनुगमन समिति गठन भएको र उक्त समितिले बजार अनुगमनलाई तीव्र बनाउने र ठगी गर्नेलाई कडा कारबाही हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई