२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादि केन्द्र तोलिको दोस्रो गाउँ अधिबेशन तथा बृहत जनसभा कार्यक्रम सम्पन्न

२०७३, ७ फाल्गुन शनिबार १७:५२

फागुन ७, अछाम | नेकपा माओवादि केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले माओवादिले गरेका राम्रा कामको कुप्रचार गर्नेका बिरुद्ध सबै नेता कार्यकर्ता उत्रिनु पर्ने बताउनु भएको छ । 

नेकपा माओवादि केन्द्र तोलिको दोस्रो गाउ अधिबेशन तथा बृहत जनसभा कार्यक्रममा प्रमुख आतिथीको आशनबाट बोल्दै नेता न्यौपानेले देशमा पुनह सामन्ती सँस्कारका विरुद्ध परिवर्तनकामि जनता जनता लाग्नु पर्ने बेला आएको बताउनु भयो । खोक्रो राष्ट्रवादको भुग पिटनेले ईतिहासका राष्ट्रघाती कामलाई सम्झन जरुरी रहेको भन्दै नक्कली राष्ट्रवादलाई कसैले नपत्याउने बताए । देशमा नक्कली राष्ट्रवाद हाबि भईरहेकाले जनतालाई सक्कली नक्कली राष्ट्रवाद छुट्याउनु आग्रह गर्नु भयो । 

गाउँ कमिटी संयोजक लोक बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी साँसद जानकी साउद रावलले देशमा सबै परिवर्तनका कार्य माओवादिकै कारण सम्भव भएको बताउनु भयो । माओवादिका ऐजेण्डाका कारण सबै महिला, दलित, पछाडि पारिएका वर्गका हक अधिकार सुनिश्चित भएकाले सबै दिदिवहिनीलाई क्रान्तीकारी बन्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा अन्य अतिथीमा केन्द्रिय सदस्य झकर साउद भास्कर, अक्कल रावल सशक्त, बम बहादुर रावत, डण्डी सञ्जायल, शेर बहादुर बुढा, माओवादि नेता राम प्रसाद जैसि, अमर विक, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा कैलाली ईञ्चार्ज ईश्वर सोडारी, नेपाली काग्रेसका जिल्ला सदस्य पुर्ण बहादुर रावल, एमालेका जिल्ला सल्लाहकार सदस्य सम्पती रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सोही अवसरमा विप्लव माओवादिका जिल्ला सहसचिव राम प्रसाद जैसिको नेतृत्वमा स्थानिय पार्टी एकता भएको घोषणा गरिएको थियो । कार्यक्रममा कलाकार नरेन्द्र रावल र गोरिकला रोक्का मगरले आफना आफना प्रस्तुती राखेका थिए । गँग विक स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन प्रेस सेन्टर अछामका उपाध्यक्ष रमशे बहादुर रावतले गर्नु भएको पत्रकार होम साउदले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !