१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादि केन्द्र तोलिको दोस्रो गाउँ अधिबेशन तथा बृहत जनसभा कार्यक्रम सम्पन्न

७ फाल्गुन २०७३, शनिबार १७:५२

फागुन ७, अछाम | नेकपा माओवादि केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले माओवादिले गरेका राम्रा कामको कुप्रचार गर्नेका बिरुद्ध सबै नेता कार्यकर्ता उत्रिनु पर्ने बताउनु भएको छ । 

नेकपा माओवादि केन्द्र तोलिको दोस्रो गाउ अधिबेशन तथा बृहत जनसभा कार्यक्रममा प्रमुख आतिथीको आशनबाट बोल्दै नेता न्यौपानेले देशमा पुनह सामन्ती सँस्कारका विरुद्ध परिवर्तनकामि जनता जनता लाग्नु पर्ने बेला आएको बताउनु भयो । खोक्रो राष्ट्रवादको भुग पिटनेले ईतिहासका राष्ट्रघाती कामलाई सम्झन जरुरी रहेको भन्दै नक्कली राष्ट्रवादलाई कसैले नपत्याउने बताए । देशमा नक्कली राष्ट्रवाद हाबि भईरहेकाले जनतालाई सक्कली नक्कली राष्ट्रवाद छुट्याउनु आग्रह गर्नु भयो । 

गाउँ कमिटी संयोजक लोक बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी साँसद जानकी साउद रावलले देशमा सबै परिवर्तनका कार्य माओवादिकै कारण सम्भव भएको बताउनु भयो । माओवादिका ऐजेण्डाका कारण सबै महिला, दलित, पछाडि पारिएका वर्गका हक अधिकार सुनिश्चित भएकाले सबै दिदिवहिनीलाई क्रान्तीकारी बन्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा अन्य अतिथीमा केन्द्रिय सदस्य झकर साउद भास्कर, अक्कल रावल सशक्त, बम बहादुर रावत, डण्डी सञ्जायल, शेर बहादुर बुढा, माओवादि नेता राम प्रसाद जैसि, अमर विक, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा कैलाली ईञ्चार्ज ईश्वर सोडारी, नेपाली काग्रेसका जिल्ला सदस्य पुर्ण बहादुर रावल, एमालेका जिल्ला सल्लाहकार सदस्य सम्पती रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सोही अवसरमा विप्लव माओवादिका जिल्ला सहसचिव राम प्रसाद जैसिको नेतृत्वमा स्थानिय पार्टी एकता भएको घोषणा गरिएको थियो । कार्यक्रममा कलाकार नरेन्द्र रावल र गोरिकला रोक्का मगरले आफना आफना प्रस्तुती राखेका थिए । गँग विक स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन प्रेस सेन्टर अछामका उपाध्यक्ष रमशे बहादुर रावतले गर्नु भएको पत्रकार होम साउदले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन