2026-09-19 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कर्मैया र लगुनामा स्थानीयको पूर्ण श्रमदानबाट बाटो निर्माण

बैशाख २५, नवलपरासी । नवलपरासीको
कर्मैया र लगुनाका स्थानीयबासिन्दाहरु अहिले सामाजिक कार्यमा अगाडि बढिरहेका छन । बर्दघाट नगरपालिका
वार्ड नं ३ स्थित कर्मैया देखि लगुना जाने कच्ची बाटो ग्राभेल कार्यमा त्यहाका स्थानीयबासीहरु अहिले
निकै सकृय भएर बाटो मर्मत गर्न तर्फ अगाडि बढेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष होमनाथ बस्याललेको अध्यक्षता र स्थानीयबासी गोपीकृष्ण
न्यौपाने,रामप्रसाद न्यौपाने,अर्जुन बस्याल,गणेशबहादुर क्षेत्री,प्रकाश अधिकारी लगायतको प्रत्यक्ष
सकृयतामा सो बाटो निर्माण भएको हो ।

कर्मैया देखि लगुना
जाने बाटोको चौडाई ८ मिटर र लम्बाई लगभग १ किलोमिटरको बाटो मर्मत कार्य अहिले पूर्ण रुपमा सम्पन्न भएको
हो । बर्दघाट नगरपालिकाको २ लाख रुपैया आर्थिक बजेट र बाँकी स्थानीयको श्रमदानबाट बाटो निर्माण कार्य
सम्पन्न भएको हो ।

स्थानीयकको प्रत्यक्ष सकृयतामा दुई दिन
लगाएर सो बाटो ग्राभेल मर्मत कार्य सम्पन्न गरिएको हो । “बजार क्षेत्रबाट निकै टाढा दूर्गम भेगमा भएकोले
नी यो बाटो निर्माण कार्य समपन्न हुन यतिका समय लागेको हो” स्थानीय गोपीकृष्ण न्यौपानेले भन्नुभयो,
अहिलेसम्म त बाटो कालेपत्रे भइसकनु पर्ने हो तर नगरपालिकाले पूर्ण रुपमा बेवास्ता गर्दा हामीले नै सबै
काम आफै गरिरहेका छौ दैनिक ५० देखि १०० जनाको सहभागितामा यतिको बाटो मर्मत गरियो बाँकी काम नगरपालिकाले
चाडो भन्दा चाडो सम्पन्न गरिदिए बर्षातको समयमा स्थानीयलाई हिँडडुल गर्न सजिलो हुने अध्यक्ष बस्यालले
बताउनुभयो ।

– सजनी आले बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई