१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी

८ फाल्गुन २०७३, आईतवार ०५:३५

जुम्ला, ८ फागुन । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गर्नुभएको छ । 

चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर समूहमा सुनमायाले प्रथम स्थान हासिल गर्नुभएको हो । 

यसैगरी चीनका यान फ्रेङ द्धितीय र नेपालकै पूर्णालक्ष्मी न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा सुनमायाले सात घन्टा २५ मिनेट २६ सेकेन्ड र पूर्णालक्ष्मीले सात घन्टा ५३ मिनेट ४७ सेकेन्डमा तोकिएको दूरी पार गरेको उहाँले बताउनुभयो । 

यसैगरी सम्पूर्ण महिला तर्फबाट चीनको यान फ्रेङ प्रथम, सुनमाया द्धितीय र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थान प्राप्त गर्नुभएको छ । आफ्नो उमेर समूहमा प्रथम नेपाली म्याराथुन धावक सुनमायाले आठ हजार ५०० र पूर्णालक्ष्मीले चार हजार हङ्कङ डलर नगद पुरस्कार पाउनु भयो । यस प्रतियोगिताले फेरि पनि नेपाल र जुम्ला कर्णालीको नाम विश्वमा उचालिएको छ । 

हिम चितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाका उदाउँदा प्रशिक्षार्थी सुनमायाले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने अर्को अवसर पाउँदा खुसीको सीमा नरहेको बताउनुभयो । 

यसअघि हङ्कङमै सम्पन्न भएको म्याराथुन दौड प्रतियोगितामा सुनमाया र पूर्णालक्ष्मीले एसियन स्काई म्याराथुन दौड प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्नुभएको थियो । दौडमा अन्तर्राष्ट्रिय छवि निर्माण गरिरहेका सुनमाया बुढा र पूर्णालक्ष्मीले बिदाइका क्रममा नेपालका लागि जुम्ली चेलीका हैसियतले अन्तर्राष्ट्रिय दौडमा सहभागी भएर प्रतियोगितामा पनि आफूले सानदार जित हासिल गर्ने बताउनुभयो । सुनमाया र पूर्णालक्ष्मीले फागुन ७ गते खेलमा सहभागी हुने अवसर पाएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन