पर्वत ।पर्वत लिमिठाना घर भएकी १५ वर्षिया कुश्मा कुमारी (नाम परिर्वतन) बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ । 

मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।पर्वत लिमिठाना घर भएकी १५ वर्षिया कुश्मा कुमारी (नाम परिर्वतन) बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ । 

मह"/>

2026-09-20 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाल विवाहका आरोपीलाई गुल्मी अदालत पठाईयो

पर्वत ।पर्वत लिमिठाना घर भएकी १५ वर्षिया कुश्मा कुमारी (नाम परिर्वतन) बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ । 

महिला तथा बालबालिका कार्यालय पर्वतमा परेको निवेदनको आधारमा बाल विवाह गराउने २ महिला सहित बालिका र उनलाई विवाह गर्ने खड्गकोट गाविसका २१ वर्षिय पवन ढकाललाई गुल्मी जिल्ला अदालतमा पठाइएको हो । उनीहरुसँगै सो विवाहमा संलग्न रहेका भनिएका सिता कडेँल र उनका श्रीमान नारायण कडेँल समेतलाई आवश्यक कारवाहीको लागि गुल्मी पठाइएको हो ।

बालिकाले दिएको निवेदन अनुसार पर्वत शंखरपोखरी(९ वस्ने शुशिला भुसाल र लिमिठाना २ बस्ने सिता भुसालले गत माघ २५ गते घरमा बोलाएर ललाई फकाई विवाह गराइदिएको निवेदकले महिला तथा बालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

बालिकाका अनुसार आँफूलाई केही थाहा नभएको अवस्थामा उनीहरुले विवाह   गराएकाले कारवाहीको माग गरिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भने विवाह गर्ने केटा पक्षको घर गुल्मी जिल्ला भएकाले पर्वतमा कारवाही गर्न नमिल्ने भएपछि थप अनुसन्धान र  कारवाहीको लागि गुल्मी जिल्लामा पठाइएको जनाएको छ ।

बाल विवाह गराउने तथा गर्नेलाई कानूनी व्यवस्था अनुसार कारवाही गर्नुपर्ने भएकाले सम्बन्धित जिल्लामा पठाइएको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख तारा सुनुवारले जानकारी बताइन् । 

बालबालिकाका विषयमा यथेष्ट जानकारी नहुँदा यस्ता घटनाहरुले प्रश्रय पाएकाले सचेत गराउन समेत जरुरी रहेकाले कारवाहीको प्रक्रिया अगाडी बढाइएको उनको तर्क छ । पीडित पक्षको उजुरीका आधारमा महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र आवश्यक प्रक्रिया पुरा गरेपछि थप कारवाहीको लागि गुल्मी पठाएको बुझिएको छ । 

जिल्ला अदालत गुल्मीमा मुद्धा चलान हुने गरी पठाइएको छ । सो कुरा अदालतले पुष्टि गरे आरोपितलाई ६ महिना जेल सजाय र १० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

जिल्लामा पछिल्लो समयमा एक पछि अर्को बालविवाहका घटना घटिरहेका छन् तर सचेतना र बालउत्थानको लागि भन्दा पनि बालविवाह गराउने     आरोपितहरुलाई जिल्ला प्रहरी कार्यालयमै मिलाउने गरिएको पाइएको छ ।

घटना बाहिर आउन नदिनको लागि साम्य पार्नको लागि समेत रककमा भरमा यस्ता घटनाहरुको मिलान हुने गरेको र अदालत नपुग्ने गरेको   सरोरकारवला स्वयम स्वीकार    गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो