१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका दुई गाविसका भूकम्पपीडितले आवास अनुदान पाउने

८ फाल्गुन २०७३, आईतवार ०८:०४

फागुन ८, बनेपा । काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने भुम्लुटार र फलाँटे गाविसका भूकम्पपीडितले पनि आवास अनुदान पाउने भएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । सो क्षेत्रमा रहेको जग्गा नापजाँच भइसकेको प्रमाणित भएपछि सम्बन्धित गाविस वा नगरपालिकाले गरेको सिफारिसका आधारमा उनीहरुलाई आवास अनुदान दिन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सदस्य सचिव ध्रुव गंैडाले जानकारी दिनुभयो । 

“यो जिल्लामा जग्गाको कारणले भूकम्पपीडित आवास अनुदान पाउनेबाट वञ्चित हुने अवस्था देखिएपछि यो निर्णय गरेका हौँ” उहाँले भन्नुभयो । आवास अनुदान पाउने भुम्लुटार गाविसमा पाँच सय ८९ र फलाँटे गाविसमा तीन सय ६७ छन् । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार पाउने छन् । 

सदस्य सचिव गैंडाले भूकम्पपीडितलाई दोस्रो किस्ता वितरणका लागि जिविसलाई निर्देशनसमेत दिइएको उल्लेख गर्दै अहिलेसम्म करिब पाँच सय जनाको आवेदन परेको बताउनुभयो । 

जिल्लाका विभिन्न स्थानमा क्षेत्रगत अध्ययनका लागि सम्बन्धित क्षेत्रका सांसदको संयोजकत्वमा अध्ययन समिति समेत गठन भएको छ । त्यसले १५ दिनभित्रमा अध्ययन पूरा गर्ने छ । 

जिल्लामा अनुदान आवास पाउनबाट वञ्चित भएको गुनासोमा २१ हजार नौ सय २९ मध्ये आठ हजार तीन सय २८ जनाले आवास अनुदान पाएका छन् । अहिलेसम्म ७० हजार छ सय ३४ जनाको आवास अनुदानका लागि लाभग्राही सूचीमा नाम प्रकाशन भएको छ । 

स्थानीय विकास अधिकारी टेकराज निरौलाले गाविस र नगरपालिकाबाट प्राविधिकसहित सिफारिस भएर आए भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाउने बताउनुभयो । भूकम्पपीडितले दोस्रो किस्ताबापत रु एक लाख ५० हजार पाउने छन् ।

सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका प्रमुख अष्टलाल सुवालले प्राविधिकमार्फत कार्यविधि र निरीक्षण पुस्तिका गाविस र नगरपालिका पठाइएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन