१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्राविधक कार्यालय प्यूठानमा कार्यालय प्रमुखको मनोमानि

८ फाल्गुन २०७३, आईतवार १४:०९

एलिसा बस्नेत/फागुन ८, प्यूठान । जिल्ला प्राविधिक कार्यालय प्यूठानमा कार्यालय प्रमुख देखि कार्य सम्पादनमा देखिएको समस्या र मनोमानि तत्काल समाधान गर्नका लागि जिल्लाका सरोकारवालाहरुले ध्यानाकर्षण गराएका छन । पछिल्लो समय कार्यालयमा देखिएको मनोमानि र कार्य सम्पादनको सुस्तताले समस्या ल्याएको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले कार्यालय प्रमुखलाई पटक–पटक कार्य सम्पादन तिव्रता गर्न निर्देशन दिएपनि सुनुवाई नभएको भन्दै तत्काल ध्यान दिनका लागि स्थानिय बिकास अधिकारी इन्द्रप्रसाद बस्यालललाई समेत ध्यानाकर्षण गराउनु भएको छ ।

जिल्ला प्रसासन कार्यालयमा जिल्ला प्राविधक कार्यालयको मनोमानिका बिषयमा परेको उजुरि माथि आज छलफल गर्दै पमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी तथा जिल्लाका राजनैति दल र सरोकारवालाहरुले कार्यालयमा देखिएको समस्या तत्काल समाधान नगरे कार्यालय प्रमुखलाई विभागिय तथा जिल्लामै आउन नदिने समेत चेतावनि दिएका छन । कार्यालय प्रमुखले लामो समय देखि मनोमानि गर्दै आएको भन्दै शेवाग्राहि राम पहाडीले तत्काल कार्यालय प्रमुखले आफ्नो कार्य सम्पादनमा तिव्रता दिनुपर्ने समेत वताउनु भयो ।

जिल्ला प्राविधिक कार्यालयमा पटक–पटक आफुले कार्य सम्पादन गर्नका ध्यान दिन भन्दै ध्नाकर्षण गराएपनि कार्यालय प्रमुख सुरेन्द्र घिमिरेले बेवास्था गरेको भन्दै स्थानिय बिकास अधिकारी इन्द्रप्रसाद बस्यालले पुन ध्यानाकर्षण गराउने वताउनु भयो । उजुरी मथि छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी र जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

जिल्ला प्राविधिक कार्यालय प्रमुख शुरेन्द्र घिमिरे भने आफ्नो कार्यालयमा जानकारी नगराई तालिममा गएका छन । कार्यालयमा कार्यालयको जिम्मेवारी हेर्नेगरि अन्य कर्मचारीलाई जिम्मेवारी नदिई तालिममा गएका हुन । निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नदिई तालिममा जादा कार्य सम्पादन ठप्प रहेको कार्यालयका कर्मचारीहरुलेनै वताएका छन । कार्यालयमा पछिल्लो समय उपस्थिती नभएर पनि हाजिरी गर्ने र कार्या सम्पादनमा तिव्रत नदिने गरेको शेवाग्राहि राम पहाडीले गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन