फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कार"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

घटनाको सत्यतथ्य छानबिन गर्न पिडित पक्षको माग

९ फाल्गुन २०७३, सोमबार ०३:४३

फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कारण श्रीमानले श्रीमतलाई यातना दिदै विष खुवाएर ज्यान मारेको पिडित पक्षले आरोप लगाउदै दोषिलाई कारवाहीको माग गरका छन् । गत माघ २९ गते विहान ११ बजेको समयमा दुम्किबास २ सुनटाडी निवासी नर बहादुर सुनारले आफ्नो श्रीमती उर्मीला सुनारसंग झै झगडा गर्दै विष खुवाएर मारेको, मृतक उर्मिला सुनारको माईती पक्षले आरोप लगाएका छन् ।

 भारतको बी.एस.एफ (सुरक्षाकर्मी) को रुपमा कार्यरत नरबहादुरले पछिल्लो समयदेखि श्रीमती उर्मिलाई कुटपिट गर्दै आएका थिए । जागिरबाट घर फर्किने नरबहादुरले अनावश्यक विषयमा श्रीमती उर्मिला संग झैझगडा गर्ने, कुटपिट गर्ने र ज्यान मार्ने धम्की समेत दिदै आएको मृतक उर्मिलाले आफ्नो माईतीलाई भन्ने गर्दथिन् । १६ दिन अगाडी घर छुट्टिमा आएको नर बहादुरले दिनहुँ श्रीमति उर्मिलाई गाली ग्लौज गर्दै यातना दिने र कुटपिट गर्ने गर्दथ्ये । नर बहादुरले श्रीमतीको मोबाईल छोडी घर बाहिर समेत निस्कन दिदैन्थे ।

गत माघ २९ गते शनिबारका दिन नरबहादुरले आफ्नो श्रीमती उर्मिला संग झैझगडा गर्दै विष खुवाएर योजनाबद्ध तरिकाले श्रीमतिको ज्यान मारी, कटेसी मेन्टेन गर्न उपचारका लागि डण्डा स्थित मध्यविन्दु सामुदायिक अस्पताल लगेका मृतका दाई राजकुमार विश्वकर्माले आरोप लगाए । पिडित दाई विश्वकर्माका अनुसार अस्पताल लगेको बैनी उर्मिलाको मृत्यु भएको अस्पतालले प्रमाणित गर्दै पोष्ट मार्टनका लागि भरतपुर मेडिकल कलेज पठाएको थियो । भरतपुर मेडिकल कलेजले मृतकको कलेजो र फोक्सो झिकी केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाणडौ पठाएको थियो । यता नर बहादुरले अस्पतालको र प्रहरीको मिलोमतोमा माईती पिडित पक्षलाई खबरै नगरिकन शवको अन्त्यष्टी समेत गरे गरि सकेको विश्वकर्माले आरोप लगाए ।

घटनाको चौतर्फि ढाँकछोप हुन थालेपछि पिडित पक्षले यसको चर्को विरोध गर्दै ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थियो । उजुरीको आधारमा प्रहरीले आरोपित नरबहादुरलाई २ गते प्रहरी हिरासतमा राखी घटनाको अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतकले खाएको विषको सिसी, लेखिएको कागजपत्र, कलेजो, फोक्सो लगायतका सामानहरुको टेष्टीङ्गका लागि केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाण्डौ पठाएको छ जसको रिपोर्ट अझै आईपुगेको छैन । साथै प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद पनि थप गराई घटनाको अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।

हत्यारा नरबहादुरलाई प्रहरीले बचाउन यस घटनाको फितलो अनुसन्धान गरिरहेको मृतककी दिदी भगवती सुनारले आरोप लगाउदै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानुन बमोजिम सजायको माग गरेकि छन् । घटनालाई फितलो बनाउने प्रयास हुदै गएपछि पिडित पक्षले प्रहरी कार्यालय घेराउ र विरोध प्रदर्शन समेत गर्दै आएको छ ।  

घटनाको छानबिन एवं अनुसन्धान गर्न स्थानिय स्तरबाट पनि नागरिक अनुसन्धान समिति गठन गरि घटनाको छानबिन भैरहेको छ । घटनाको सत्यता पत्ता लगाउन उक्त टोलीले विभिन्न प्रमाणहरु जुटाईरहेको समितिले जानकारी दिएको । फोटो छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन