फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कार"/>
२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

घटनाको सत्यतथ्य छानबिन गर्न पिडित पक्षको माग

२०७३, ९ फाल्गुन सोमबार ०३:४३

फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कारण श्रीमानले श्रीमतलाई यातना दिदै विष खुवाएर ज्यान मारेको पिडित पक्षले आरोप लगाउदै दोषिलाई कारवाहीको माग गरका छन् । गत माघ २९ गते विहान ११ बजेको समयमा दुम्किबास २ सुनटाडी निवासी नर बहादुर सुनारले आफ्नो श्रीमती उर्मीला सुनारसंग झै झगडा गर्दै विष खुवाएर मारेको, मृतक उर्मिला सुनारको माईती पक्षले आरोप लगाएका छन् ।

 भारतको बी.एस.एफ (सुरक्षाकर्मी) को रुपमा कार्यरत नरबहादुरले पछिल्लो समयदेखि श्रीमती उर्मिलाई कुटपिट गर्दै आएका थिए । जागिरबाट घर फर्किने नरबहादुरले अनावश्यक विषयमा श्रीमती उर्मिला संग झैझगडा गर्ने, कुटपिट गर्ने र ज्यान मार्ने धम्की समेत दिदै आएको मृतक उर्मिलाले आफ्नो माईतीलाई भन्ने गर्दथिन् । १६ दिन अगाडी घर छुट्टिमा आएको नर बहादुरले दिनहुँ श्रीमति उर्मिलाई गाली ग्लौज गर्दै यातना दिने र कुटपिट गर्ने गर्दथ्ये । नर बहादुरले श्रीमतीको मोबाईल छोडी घर बाहिर समेत निस्कन दिदैन्थे ।

गत माघ २९ गते शनिबारका दिन नरबहादुरले आफ्नो श्रीमती उर्मिला संग झैझगडा गर्दै विष खुवाएर योजनाबद्ध तरिकाले श्रीमतिको ज्यान मारी, कटेसी मेन्टेन गर्न उपचारका लागि डण्डा स्थित मध्यविन्दु सामुदायिक अस्पताल लगेका मृतका दाई राजकुमार विश्वकर्माले आरोप लगाए । पिडित दाई विश्वकर्माका अनुसार अस्पताल लगेको बैनी उर्मिलाको मृत्यु भएको अस्पतालले प्रमाणित गर्दै पोष्ट मार्टनका लागि भरतपुर मेडिकल कलेज पठाएको थियो । भरतपुर मेडिकल कलेजले मृतकको कलेजो र फोक्सो झिकी केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाणडौ पठाएको थियो । यता नर बहादुरले अस्पतालको र प्रहरीको मिलोमतोमा माईती पिडित पक्षलाई खबरै नगरिकन शवको अन्त्यष्टी समेत गरे गरि सकेको विश्वकर्माले आरोप लगाए ।

घटनाको चौतर्फि ढाँकछोप हुन थालेपछि पिडित पक्षले यसको चर्को विरोध गर्दै ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थियो । उजुरीको आधारमा प्रहरीले आरोपित नरबहादुरलाई २ गते प्रहरी हिरासतमा राखी घटनाको अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतकले खाएको विषको सिसी, लेखिएको कागजपत्र, कलेजो, फोक्सो लगायतका सामानहरुको टेष्टीङ्गका लागि केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाण्डौ पठाएको छ जसको रिपोर्ट अझै आईपुगेको छैन । साथै प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद पनि थप गराई घटनाको अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।

हत्यारा नरबहादुरलाई प्रहरीले बचाउन यस घटनाको फितलो अनुसन्धान गरिरहेको मृतककी दिदी भगवती सुनारले आरोप लगाउदै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानुन बमोजिम सजायको माग गरेकि छन् । घटनालाई फितलो बनाउने प्रयास हुदै गएपछि पिडित पक्षले प्रहरी कार्यालय घेराउ र विरोध प्रदर्शन समेत गर्दै आएको छ ।  

घटनाको छानबिन एवं अनुसन्धान गर्न स्थानिय स्तरबाट पनि नागरिक अनुसन्धान समिति गठन गरि घटनाको छानबिन भैरहेको छ । घटनाको सत्यता पत्ता लगाउन उक्त टोलीले विभिन्न प्रमाणहरु जुटाईरहेको समितिले जानकारी दिएको । फोटो छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो