Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा रुखबाट लडेर एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>फागुन ९, त्रिशूली(नुवाकोट) । विदुर –९ भ्यागुतेका नवराज खड्काकी छोरी १६ वर्षीया सम्झना खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>आज बिहान घर नजिकै घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि त्रिशूली जिल्ला अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा बाटामा नै निधन भएको सम्झनाका छिमेकी राज रिजालले जानकारी दिनुभयो ।&nbsp;</p><p>उनी स्थानीय तुप्चेस्थित भैरुम माविमा कक्षा १०मा अध्ययनरत थिइन् । रासस&nbsp;</p>