Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आगलागि पिडितलाई एमालेद्वारा राहत वितरण

२०७३, १० फाल्गुन मंगलवार ०२:३१

कृष्ण कँडेल | फागुन १०, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कामिटिले गत माघ २४ गते आगलागीमा परि ज्यान गुमाएका अधिकारीचौर–३ घैयाखानीका दुई बालबालिकाका अभिभावकलाई नगद राहत प्रदान गरेको छ । 

घैयाखानीमा रहेको अस्थायि गोठमा आगलागी हुँदा ओमकार विकका ७ बर्षका छोरा यमलाल विक र ३ बर्षका छोरी सम्भना विकको ज्यान गएको थियो । 

एमाले अधिकारीचौर गाउँ कमिटिले दिवंगत बालबालिकाको सम्झनामा एक श्रदाञ्जली कार्यक्रमको आयोजना गरि एमाले समर्थक तथा शुभचिन्तकबाट संकलन गरिएको नगद १५ हजार २ सय रुपैयाँ हस्तान्त्रण गरेको हो । 

एमाले बागलुङका जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनले स्वार्गीय वालवालिकाका वुवा ओमकार विकलाई रकम हस्तान्त्रण गर्नुभएको ग्रामिण विकाश मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढाले जानकारी दिनुभयो । 

रकम हस्तान्त्रणपछि बौल्दै सचिवालय सदस्य पुनले अचानक हुने प्राकृतिक विपत्ति जो कसैलाई पनि पर्नसक्ने हुँदा गाउँ कमिटिले गरेको सहयोगले सोकमा परेको परिवारलाई केहि भएपनि राहत हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमम निवर्तमान जिल्ला सचिवालय सदस्य दलबहादुर घर्ती,  वडा नागरिक मञ्चका संयोजक थमबहादुर छन्त्याल, स्थानिय दलित जागरण युवा क्लवका अध्यक्ष रनबहादुर विक, एक्टिभ महिला समुहका अध्यक्ष डिलकुमारी छन्त्याल र जनता प्राविका प्रधानाध्यापक रुपप्रसाद भण्डारीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम नेकपा एमाले गाउँ कामिटि अधिकारीचौरका अध्यक्ष सुनिल घर्तीको अध्यक्षता र सचिव प्रेम घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश