Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 21, 2017 दाङ्ग - DNG, समाज

दाङका एक युवाले बुबा आमाको स्मृतिमा एक करोडको धर्मशाला बनाइदिए

By kit

फागुन १०, दाङ । यहाँका एक व्यक्तिले पाण्डवेश्वर मन्दिर, धारापानीमा धर्मशाला निर्माण गर्नुभएको छ ।

दाङ घोराही निवासी धुव्रराज श्रेष्ठले आफ्ना बुबाआमाको स्मृतिमा धर्मशाला निर्माण गरिदिनुभएको हो । विश्वकै सबैभन्दा अग्लो त्रिशूल स्थापना भएको सो मन्दिरमा उहाँले रु एक करोडको लगानीमा भवन निर्माण गरिदिनुभएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष श्रीधर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवनमा आठवटा कोठा रहेका छन् । कोठामा बस्नका लागि आवश्यक सामग्री समेत राखिएको छ ।

त्यसैगरी, धर्मशालामा भान्सा र शौचालय समेत निर्माण गरेको बताइएको छ । धर्मशाला निर्माणसँगै भक्तालुलाई खान बस्नको सहजता हुने बताइएको छ । रासस