पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो । 

2026-09-20 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिम शुरु

पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो । 

स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका      स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना गरिएको स्थानीय शान्ति समिति पर्वतले जनाएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले शान्ति स्थापनाको लागि राजनीतिक संक्रमणको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले अस्थीर राजनीतिकको अन्त्य भएमा संक्रमणकालिन अबस्थाको अन्त्य हुने भन्दै त्यसको लागि राजनीतिक दलहरुले        सकरात्मक र रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले संक्रमणकालिन अबस्थामा द्वन्द्व व्यवस्थापन गर्नको लागि पहिले राजनीतिक दलहरु एक भइ   राजनीतिक निकास निकाल्नुपर्ने औलाए  । समाजलाई शान्ति पथमा लैजानको लागि द्वन्द्व व्यवस्थापन अपरिहार्य भएता पनि त्यसको लागि राजनीतिक संक्रमणकालिन अबस्थाको अन्त्य हुनुपर्ने भन्दै तालिमबाट जिल्लामा शान्ति सुव्यवस्थापन गर्नको लागि आवश्यक जानकारी हासिल हुनेमा विश्वास व्यक्त      गरे । शान्ति समिति स्थानीय स्तरमा संक्रमणकालिन अबस्थामा द्वन्द्वको चपेटामा परेका नागरिकहरुलाई न्यायको प्रत्याभूति गराउनको लागि स्थापना भएको बताउँदै तालिमबाट थप जानकारी तथा आवश्यक ज्ञान हासिल हुनेमा आफू विश्वस्त रहेको बताए । 

स्थानिय शान्ति समिति पर्वतका  संयोजक सोमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा पूर्व संयोजक बैकुण्ठ गिरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

उनले शान्ति समितिले आयोजना गरेको दुइ दिने संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिमबाट विभिन्न गाविस तथा नगरपालिकाका संयोजक र जिल्लाका सदस्यहरुले धेरै ज्ञान सिक्न पाउने अबसर मिल्ने बताए । यसबाट जिल्ला तथा गाउँ विकासमा शान्ति स्थापनाको लागि थप टेवा पुग्ने विश्वास लिएको बताए ।


कार्यक्रमको स्वागत शान्ति समितिका पुर्व संयोजक धनराज सुनारले गरेका थिए भने कार्यक्रमको संचालन कार्यालय सचिव किशोर सुवेदीेले गरेका  थिए ।


गाउँ विकास समिति, कुश्मा नगरपालिका र स्थानीय शान्ति समिति पर्वतका सदस्यहरु गरी कार्यक्रममा ३२ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा कपिलमणि दाहलले प्रशिक्षण दिने आयोजकले जनाएको छ । प्रशिक्षणमा संक्रमणकालिन अबस्थाका बारेमामा साथै द्वन्द्व व्यवस्थापन र न्यायका लागि आवश्यक प्रारभधानहरुको बारेमा जानकारी एवं जानकारी गराइने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो