पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर प"/>

2026-09-20 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालविवाह गराउने चारजना हिरासतमा

पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।


गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते पर्वत लिमीठाना–१ की १७ वर्षीय कुश्मा कुमारी (नाम परिर्वतन) लाई ललाई फकाई विवाह गरेको भन्दै निजकी आमा कल्पना रिजालले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बालविवाह सम्बन्धीे उजुरी दिएकी थिइन् ।


महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतमा पीडित बालिकाले उजुरी दिएपछि सो बारेका थप अनुसन्धान र आवश्यक कारवाहीको लागि भन्दै महिला तथा बालबालिका कार्यालय पर्वतले गुल्मीमा पठाएको थियो । 


न्यायको लागि पुगेकी बालिकाले उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले बालविवाह गर्ने र विवाह गर्न सघाउने चारैजनालाई पक्राउ गरी हिरासतमा लिएको हो ।


मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार       जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो