2026-09-18 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

प्रवासीको सहयोगमा विद्युतीय पुस्तकालय अभियान सुरु

फागुन ११, म्याग्दी । प्रवासी नेपालीको सहयोगमा म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु भएको छ । 

सामाजिक सञ्जाल ‘फेसबुक’को सहायताले आर्थिक स्रोत जुटाएर ११ वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले जनाएको छ । दोस्रो चरणमा यसलाई थप २० ठाउँमा विस्तार गर्ने तयारी छ ।

रोजगारी, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा विदेशिएका म्याग्देलीले सामाजिक सञ्जाल ‘फेसबुक’बाट अभियान चलाएर विद्युतीय पुस्तकालय स्थापनाका लागि आर्थिक स्रोत जुटाएका छन्् । 

ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको मोनाका कोषाध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । 

दोस्रो चरणमा थप २० वटा विद्युतीय पुस्तकालय जडानका लागि आवश्यक व्यवस्थापन खर्चबापत रु १० लाख मङ्गलबार नेपाल लाइब्रेरी फाउन्डेसनलाई उपलब्ध गराइएको मोनाको विद्युतीय पुस्तकालय कार्यदलका संयोजक समेत रहनुभएका थापाले जानकारी दिनुभयो । 

“सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वका विभिन्न देश र नेपालभित्र रहेका म्याग्देलीसँग समन्वय गरेर आर्थिक स्रोत जुटाएका छाँै” थापाले भन्नुभयो । 

मोनाले जिल्ला शिक्षा कार्यालय, फाउन्डेसन र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)सँग समन्वय गरेर म्याग्दीका सबै २३२ वटा सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने लक्ष्य लिएको छ । 

एउटा विद्युतीय पुस्तकालयको सफ्टवयर जडान गर्न रु ७५ हजार आवश्यक पर्छ । इन्टरनेटको प्रयोगबिनानै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रव्य सामग्री सुन्न सकिने प्रविधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाइप्रति रुची र सिकाइ उपलब्धि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । 

विद्युतीय पुस्तकालयमा इन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरणलगायत विषयसँग सम्बन्धित सन्देशमूलक श्रब्य, दृष्य सामग्री हेर्न र सुन्ने सुविधा छ । 

पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न विधाका पुस्तक रहेको सफ्टवेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटरलगायत पूर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउन्डेसनले प्राविधिक सहयोग गर्ने सम्झौता भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई