फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहा"/>
2026-07-24 11:41 PM
मोरङ्ग - MRG

बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु

फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहान बसले ठक्कर दिँदा मोटरसाइकल चालक पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते हुनुभएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा पूर्वतर्फ आइरहेको को १ ख ५४४६ नं को यात्रुबाहक बसले पश्चिमतर्फ गइरहेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका ६० वर्षीय ओझाको नोबेल अस्पतालमा उपचारका क्रममा बिहान ११.३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते ४० वर्षीय चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ . 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक