Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

मापदण्ड विपरीत पशु बधशाला

२०७३, १२ फाल्गुन बिहीबार ०३:०७

फागुन १२, रामपुर (पाल्पा) | सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐननियम बनाए पनि यहाँ लागू हुन सकिरहेको छैन । पशु बधशाला र मासु जाँच ऐन, २०५५ र पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७ कागजी पानामा मात्र सीमित हुन पुगेको छ । 

सरकारले स्वस्थकर मासु उत्पादनका लागि मासु बधशाला र मासु जाँच ऐन नियमावली बनाए पनि व्यवसायीले सो नियमावली अवलम्बन नगरेको पाइएको छ । उपभोक्तालाई सफा र स्वस्थकर मासु बिक्री गर्न र विभिन्न मासुजन्य रोगबाट टाढा रहनका लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाएको हो । 

पाल्पामा दर्ता भएका एकसय ५२ र दर्ता नभएका ७४ वटा गरी जम्मा दुईसय २६ वटा मासु पसल सञ्चालनमा आएको जिल्ला पशु सेवा कार्यालय पाल्पाका निमित्त पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताउनुभयो । 

कार्यालयले समय समयमा मासु पसलको अनुगमन, अन्तरक्रिया, गोष्ठी, पशु बधशाला, मासु जाँच ऐन नियमावलीसम्बन्धी व्यवसायीलाई जानकारी गराउँदै आइरहेको उहाँले बताउनुभयो । तर पनि व्यवसायीले ध्यान र चिन्तन नगरीदिँदा मासु ऐन नियमावली कार्यान्वयन हुन सकिरहेको छैन । 

मासुमा आत्मनिर्भर भए पनि जिल्लामा उपभोक्ताले शुद्ध मासु उपभोग गर्न पाइरहेका छैनन् । यहाँ सञ्चालित अधिकांश पसल मापदण्ड विपरीत रहेका छन् । ऐननियमअनुसार व्यवसाय चलाउँदा कहिलेकाहीँ उपभोक्ता मासुमा ठगिने पनि गरेका छन् । कार्यालयले अनुगमनका क्रममा मासु सुधार ऐन, मासु पसल सरसफाइ, मासु पसलमा हुनुपर्ने मापदण्ड, मासुको मूल्यसूची अनिवार्य राख्नुपर्ने लगायतका विषयमा सहभागीलाई पटकपटक जानकारी गराउँदै आए पनि व्यवसायीले बेवास्ता गरेको बताउँदै उपभोक्तालाई पनि सचेत रहन कार्यालयका पशु चिकित्सक उत्तम आचार्यले आग्रह गर्नुभयो । 

रामपुर क्षेत्रमा मात्र ८० को हाराहारीमा मासु पसल सञ्चालनमा आए पनि ३२ वटा व्यवसायीले मात्र दर्ता गरेर व्यवसाय चलाएको मासु व्यवसायी सङ्घ रामपुरका अध्यक्ष ऋषि पोखरेलले बताउनुभयो । जिल्लाका अधिकांश मासु व्यवसायी पशु बधशाला र मासु जाँच ऐन नियमावलीबारे अनभिज्ञ छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश