2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका कार्यालय अपाङ्ग मैत्री छैनन्

फागुन १२, मोरङ । मोरङका सरकारी कार्यालय आपाङ्गता मैत्री नहुँदा अपाङ्गता भएका सर्वसाधारणले सास्ती भोग्नु परेको छ । विभिन्न कामकाज लिएर जिल्ला प्रशासन कार्यालय पुगे पनि अपाङ्गता मैत्री भवन नहुँदा सेवा लिन समस्या हुने गरेको छ । 

विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेहोर्नुपर्छ । उहाँ मात्र होइन विराटनगरकै खुट्टा नभएका रञ्जित उराव ह्विलचियरको भरमा तलमाथि चढ्न सक्नु हुन्न । 

त्यस्तै, विराटनगर उपमहानगरपालिकामा समेत अपाङ्गता भएकालाई सेवा लिन निक्कै सास्ती हुन्छ । दुई दिनअघि विराटनगर उपमहानगरपालिका पुग्नुभएका दृष्टिविहीन पारश कार्की सम्बन्धित कर्मचारी नभेटेर खाली हात फर्किनुभयो । उहाँ मात्र होइन । विराटनगर–१० मोतिराम टोलकी शर्मिला गौतम, रुपा उराव, एक तला चढ्न नसकेर सेवा नलिई फर्किनुभयो । 

त्यसैगरी, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय, कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर, मालपोत कार्यलय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी लगायतका कार्यालय अपाङ्गतामैत्री छैनन् । 

सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पहँुचयुक्त भौतिक संरचना तथा सञ्चारसेवा निर्देशिका, २०६९ जारी गरेको थियो । तर सो निर्देशिका कार्यान्वयन नहुँदा अपाङ्गता भएका सर्वसाधारणका लागि निक्कै समस्या भएको राष्ट्रिय अपाङ्ग महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अध्यक्ष राम कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी कार्यालयका भवन अपाङ्तामैत्री नहुँदा समस्या भएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई