२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका कक्षा १ का विद्यार्थी सरसर्ती पढ्छन्

२०७३, १२ फाल्गुन बिहीबार ०७:१३

कृष्ण दर्नाल/फागुन १२, पाल्पा । यहाँको सौभाग्य माविमा कक्षा १ का सोमान रानाले मन मनै, मनमनै, दिन दिनै, दिनदिनै गरी सरसर्ती शब्द पढ्दा अचम्म मान्नु पर्दैन । शैक्षिकसत्र सञ्चालन भएको सात–आठ महिनाको अवधिमा अक्षर सँगसँगै शब्द सरसर्ती पढ्न सिपालु भइसकेका छन् यहाँका विद्यार्थी । 

उनीहरु शब्दको विग्रह र समास गरी पढ्न रुचाउँछन् । कक्षा १ मा पढ्ने अन्यत्रका अधिकांश विद्यार्थी कखरा, बाह्रखरी, अ, आ, इ, ई र १, २, ३, पढ्नै मुस्किल हुने भए पनि पाल्पा जिल्ला चिदीपानी गाविसस्थित सौभाग्य माविको कक्षा १ का विद्यार्थीले भने सरसर्ती शब्द नै पढ्छन् । 

कक्षा १ का अर्का निलम आलेले दिन दिनै, दिनदिनै, पालै पालो, पालैपालो गर्दै सरसर्ती पढ्दैछन् । उनीहरू मात्र होइन, कक्षा १ मा पढ्ने छात्रछात्राले पालैपालो गरी पढ्ने र पढाउने काम हुन्छ । नेपाली विषयमा ९० मिनेटको कक्षा हुने, विद्यार्थी यसरी पढ्दा सजिलो भएको र बुझेको महसुस गर्ने नेपाली विषयकी शिक्षिका सावित्रा पहाडीले बताउनुभयो । 

रूम टु रिडले कक्षा १ र २ का नेपाली विषयका शिक्षकलाई तालिममा सहयोग गरेपछि उनीहरूले विद्यालयमा तालिमअनुसार नै पढाउन थालेपछि विद्यार्थीमा सुधार देखिएको हो । साक्षरता कार्यक्रमअन्तर्गत नेपाली विषयको पढ्ने सीप र पढ्ने बानीको विकास भएपछि अभिभावकसमेत खुसी देखिएका हुन् । 

रूम टु रिडका वरिष्ठ कार्यक्रम सहायक लालबहादुर खड्काले एकीकृत साक्षर कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका प्रावि तहमा पढ्ने सीप र पढ्ने बानीको विकास गरी बालबालिकालाई पुस्तकसँग खेल्ने बानीको विकास गर्ने बताउनुभयो । 

नेपाली पाठ्यक्रमका आधारमा नेपाली विषयको ‘वर्कबुक’ तयार गरी कक्षाकोठामा गृहकार्यसमेत हुँदै आएको छ । साना कक्षाका विद्यार्थीको पठनसीपको विकाससँगै पढने बानीको पनि विकास भएको हो । कक्षा २ का विद्यार्थी पुस्तकालयमा गएर पुस्तक रोजेर पढ्ने बानीको विकास भएको पुस्तकालय प्रमुख तथा शिक्षक हरिबहादुर कुँवरले बताउनुभयो । 

सन् २०१४ देखि पाल्पा जिल्लाका ५० विद्यालयका कक्षा २ सम्म साक्षरता कार्यक्रमअन्तर्गत नेपाली भाषा पठन सीप विकास कार्यक्रम चलिरहेको छ । सन् २०१७ मा पाल्पाका २५ विद्यालय छनौट कार्य चलिरहेको वेस नेपाल पाल्पाका कार्यक्रम संयोजक टेक ढेङ्गा बताउनुहुन्छ । 

यो कार्यक्रम सञ्चालन हुने विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म ७५ जना विद्यार्थी हुनुपर्छ । विद्यार्थीलाई परम्परागत क, ख, ग, …ज्ञ सम्म पठनपाठन नगरी क, न, म, ह, आ… गरी एक दिनमा एउटा मात्र अक्षर पढाउने गरेको खड्काको दाबी छ । 

यो सिकाइ पद्धतिमा पहिला अक्षरको सिकाइ, त्यसपछि छोटा शब्द, वाक्यको पठन सिकाइ हुँदै आएको छ । यस पद्धतिमार्फत पठनपाठन गर्न पाएपछि विद्यार्थी नियमितरूपमा विद्यालय हाजिर हुने र पठनपाठनमा बढी सक्रिय हुने विद्यालयको दाबी छ । 

विद्यालयका प्रअ गोविन्द न्यौपानेले यस विद्यालयमा कक्षा २ सम्म साक्षरता कार्यक्रम सञ्चालनपछि पठनपाठन गर्ने शैलीमा परिवर्तन देखिएको र कक्षा ५ सम्म यो कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ