<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/9394090b5c7cfc484cf92ff24758ce3c1488011781.jpg" style="float: left;"><b>फागुन १४, लहान । </b>राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । <br></p><p>छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p><p>यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा राँगाले आक्रमण गर्दा स्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन् । बजारबाट घर फर्कने क्रममा राँगोको आक्रमणबाट घाइते भएकी चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस </p>
February 25, 2017
काठमाडौँ - KTM, समाज, सिराहा - SRH
राँगाको आक्रमणबाट महिलाको मृत्यु
By kit
2 मिनेट पढाइ










