पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए । 
2026-09-20 12:54 AM
पर्बत - PBT

तोकिएकै मितिमा चुनाव हुन्छ ः नेपाल

पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए । 

प्रेस चौतारी पर्वतले शनिबार सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले चुनाव गराउनकै लागि सरकार गठन भएको र तोकिएको मिति र समयमै चुनाव हुनेमा विश्वस्त हुन उनले आग्रह गरे । 

नेता नेपालले सरकारले स्थानीय तहको निर्वाचनको लागि मिति तय गरेर सकरात्मक सन्देश दिएको बताएता पनि संविधान संशोधनको विषयमा भने उनी रुष्ट देखिन्थे । नेता नेपालले संविधान संशोधनको समय नभएको भन्दै सवै दलहरु सहमतिय आधारमा निर्वाचनमा जाने बेला भएको बताए ।

उनले मोर्चाले संविधान संशोधनको नाउमा आन्दोलन गर्न बन्द गर्नुपर्ने बताए । संविधान संशोधन कुनै पनि हालतमा नहुने भन्दै उनले आफ्नो पक्षमा ९ वटा साना दल रहेको भन्दै सरकार मोर्चाको पक्ष लिएर प्रतिपक्ष सहितका ९ दललाई बाइपास गर्न नसक्ने औलाए ।

स्थानीय तहको चुनावका लागि मधेसी मोर्चा पनि अग्रहसर हुनुपर्नेमा उनको जोड थियो ।

डा. बाबुराम भट्टराई १० दिन चुनावको मिति सारेमा आँपूmले मधेशी दलहरुको जिम्मा लिने अनि सर्वपक्षीय सरकार बनाएर चुनावको सम्भावना छ की छैन ? भनी पत्रकारले सोधेको प्रश्नमा नेता नेपालले, संसद छोडी भागेको मान्छेलाई कसैले जिम्मा लगाएर नपठाएको हुँदा डा. भट्टराईको कुराको पछाडि नलाग्न अनुरोध अनुरोध गरे । 

उनले भट्टराईले विभिन्न राजनीतिक पार्टीले कारवाही गरेका नेताहरुलाई जोडेर नयाँ शक्तिको नाउमा देशलाई अबरोध पु¥याउन खोजेको आरोप लगाए । नयाँ शक्ति नेपालको काम अनुसार काम नभएको उनले तर्क गरे । बाबुरामसँग देश प्रतिको जिम्मेवारी, राष्ट्रियता प्रति माया हुन्थ्यो भने संसद छोडेर भाग्ने थिएनन् । उनी हारेका खेलाडी हुन् । केहि गर्न सक्दैनन् । उनले भने ।

नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले देशमा भ्रष्टचार मौलाएको र त्यसको जिम्मेवार अर्थात भष्टाचारी भित्र माधव नेपाल समेत पर्नुहुन्छ भनेर गम्भीर प्रश्न गर्दा उनले सकरात्मक सोचको आवश्यकता भन्दै उत्तर दिए ।

उनले देशमा भ्रष्टाचार भएको  अर्थात् रहेको स्वीकार गरे तर तपाइ पनि पर्नुुहुन्छ भन्ने प्रश्नमा भने उनले त्यस्तो बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो