पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । "/>
2026-09-19 11:50 PM
पर्बत - PBT

देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न

पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल थिए । जिशिअ पौडेलले नीजि विद्यालयले शिक्षा क्षेत्रका पुराएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नीजि र सामुदायिक विद्यालयले एकआपसमा राम्रा पक्षलाई सिको      गरी अगाडि बढ्नुपर्ने बताए ।

नीजि क्षेत्रले जस्तै गरी जिल्लामा सामुदायिक विद्यालयहरुमा पनि अभिभावकको चाहना बमोजिम अंग्रेजी विषयमा पठनपाठन गर्ने अभ्यास गरिन थालेको जिशिअ पौडेलले बताए । 

पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले कार्यक्रममा बोल्दै सामुदायिक विद्यालयमा पढाउन छाडेर अभिभावकहरुले नीजि प्रति महत्व दिनुको खास कारण नीजि विद्यालयका संचालकहरुले बढी मिहिनेत गर्नु हो ।

नीजि विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक धेरै जसो खाडी मुलुक गएका छन् । ती अभिभावकको वास्तविक मर्मलाई नीजि विद्यालयले बुझ्दै शुल्क कम गर्ने र पठनपाठन प्रति अझ बढी इमान्दारितापूर्वक लाग्नुपर्नेमा उपाध्यक्ष गिरीको तर्क थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल तथा धौलागिरि क्याम्पस बाग्लुङका उपप्राध्यापक    बलराम पौडेलले अभिभावकको भावनाप्रति कहिल्यै खेलवाड नगर्ने र नाफा मात्र नखोजेर विद्यार्थीको शिक्षामै बढी जोड दिनेतर्फ व्यवस्थापन समिति र शिक्षक लागिरहने विश्वास दिलाए । सो कार्यक्रममा प्याव्सन पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्य, बालशिक्षा सदन विद्यालयका प्रिन्सिपल रामकृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कक्षामा उत्कृष्ठ अंक ल्याई पास हुने विद्यार्थी र अतिरिक्त क्रियालापहरुमा सहभागी भई प्रथम, द्धितिय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा सहारान्यूज दैनिकका अतिथि सम्पादक भूमिराज शर्मा, छिमेकी विद्यालयका प्रअ तथा प्रतिनिधि, समाजसेवी, अभिभावहरुको उल्लेख्य सहभागीता थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो