२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको एक बिद्यालयद्वारा चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

२०७३, १६ फाल्गुन सोमबार ०८:१६

फागुन १६, दाङ । यहाँको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ । 

दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताउनुभयो । 

विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा राखेको र उनीहरुलाई दिने तलब गाउँले र सामुदायिक वनबाट उठाउने गरेको रानाले जानकारी दिनुभयो । प्रतिघर वार्षिक रु ८०० र रिठेकोट, धर्मशाला सामुदायिक वनबाट अपुग रकम ल्याएर छ जना शिक्षकलाई तलब दिएर विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । 

हाल विद्यालयमा दरबन्दीमा तीनजना मात्र शिक्षक रहेका छन् । “दरबन्दीमा तीनजना मात्र शिक्षक छन्, राहत एकजना, बाल विकास एकजना र अन्य एकजना शिक्षक”– रानाले भन्नुभयो । 

विद्यालयमा १५० जना विद्यार्थी रहेका छन् । पटकपटक जिल्ला शिक्षा कार्यालयमा शिक्षकको माग गरिए पनि सरोकार निकायहरु त्यसबारे जानकारी गराउँदा कहीँ कतैबाट सुनुवाइ नभएको प्रधानाध्यापक रानाले बताउनुभयो । 

भौगोलिक विकटताका कारण पछाडि परेको तुलसीपुर–७ मा रहेको यस विद्यालयको भवन जीर्ण रहेको छ । कक्षा कोठाको अभावमा १ र २ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट