२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

विपन्नका लागि बरदान बन्दै सामुदायिक वन

२०७३, १६ फाल्गुन सोमबार ०९:०८

फागुन १६, म्याग्दी । म्याग्दीका दुर्गम गाउँ बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गको जीवनस्तर उकास्नका लागि बरदानसावित भएका छन् । 

वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रुपमा जम्मा गर्न थालेपछि सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाका रूपमा लोकप्रियता कमाउँदै आएका हुन् । 

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा गठन भएका २५७ वटा सामुदायिक वन उपभोक्ता समूहले रु एक करोड, ८० लाख २० हजार ५६० को कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेका छन् । 

सामुदायिक वन समूहले यसवर्ष आफ्नो आम्दानीको ६० प्रतिशतभन्दा बढी रु एक करोड, तीन लाख ५९ हजार ९०० न्यून ब्याजदरमा आफ्ना सदस्यलाई ऋण प्रवाह गरेको छ । 

गरिबलाई लक्षित सो कार्यक्रमअनुसार बाख्रापालन, टिमुरखेती, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भँैसीपालन, डेरी उद्योगलगायतका क्षेत्रमा ऋण लगानी गरेको सो कार्यालयले जनाएको छ । 

जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिले समाजमा आवश्यक सबै क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ । 

वन उपभोक्ता समूहले आर्थिकस्तर हेरी वार्षिक ६ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसरी प्रवाह गरिएको ऋण लगानी ८० प्रतिशत सुरक्षित रहेको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । 

त्यसैगरी सामुदायिक वनले सामाजिक क्षेत्रमा पनि आफ्नो आम्दानीको ३० प्रतिशत खर्च गर्ने गरेको छ । यसवर्ष शिक्षा, स्वास्थ्य, बाटोलगायतका क्षेत्रमा रु २९ लाख ९९५ खर्च गरेका छन् । 

सामुदायिक वनबाट प्राप्त काठ, दाउरा, घाँस तथा जडीबुटी बिक्री गरेर कोष वृद्धि गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट