पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन १८, बर्दिया ।</b> बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । </p><p>आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताउनुभयो । आगलागी के कारण भएको हो भन्ने विषयमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानोश्री तारातालले बताएको छ । </p><p>स्थानीयवासीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको र आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो । रासस </p>

