<p><b>फागुन १८, विराटनगर ।</b> मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । <br></p><p>ताप्लेजुङ घर भएका हाल बेलवारीमा डेरा लिई बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीले जनाएको छ । </p><p>पुरानो बेलबारीस्थित राजमार्गमा उनलाई ठक्कर दिने ना ५ ख ५५१० नंको टिपरसहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस </p>
