फागुन १८, दाङ । दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन ।

बुधवार दिँउसो पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज ३४०४ नम्बरको जिप पबननगर ५ मा दुर्घटना हुँदा तीन जना व्यक्ति घाईते भएका हुन ।

घाईते हुनेहरुमा श्रिंगाउ ९ की देबी बिक, पुरनधारा ८ का प्रकाश गुर्ताल र सल्यान त्रिबेणी निवासी धनसरी बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

सांघुरो बाटोका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते