पर्वत । अख्तियार अनुसन्धान आयोग पोखराले पर्वतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अख्तियार सम्बन्धी जानकारी दिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । अख्तियार अनुसन्धान आयोग पोखराले पर्वतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अख्तियार सम्बन्धी जानकारी दिएको छ ।

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अख्तियारको अन्तरक्रिया

पर्वत । अख्तियार अनुसन्धान आयोग पोखराले पर्वतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अख्तियार सम्बन्धी जानकारी दिएको छ ।

अख्तियार अनुसन्धान आयोगले अख्तियारका क्षेत्र, अधिकार र अख्तियारका कार्य सम्पादनका बारेमा जिल्लामा सरेका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । 

कार्यक्रममा सहभागी अधिकांश  सहभागीहरुले पर्वत भ्रष्टाचार हुने जिल्ला मध्ये कम भ्रष्टाचार हुने क्षेत्रमा पर्नु खुसिको कुरा भएता पनि  त्यसमा भने पूर्ण सत्यता लिन नसकिने बताए ।

अख्तियारी गर्नको लागि आवश्यक प्रक्रिया पुरा हुन नसक्नु वा सो सम्बन्धी अझै पनि जानकार नहुनु वा शुसानका हिसाबले जिल्ला अगाडि भएकै कारण पनि भ्रष्टाचार कम हुने जिल्लामा परेको हुन सक्ने दुइ खाले मत राखे ।

कार्यक्रममा सहभागीहरुले जिल्लामा भष्टाचारको अबस्था ज्यादै डरलाग्दो रुपमा रहेको औलाएका थिए । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका उपाध्यक्ष प्रनिश गिरीले पर्वतमा भ्रष्टाचार मौलाएता पनि नियगमन निकाय चुस्त नहुदाँ उम्केको बताए । उनले जिल्ला अस्पतालमा भ्रष्टाचारको काण्ड हुदाँ समेत त्यसको के कति कारवाही भयो भन्ने विषय अझै बाहिर नआएकोले अख्तिायर पनि भ्रष्टाचारीलाई कारवाही गर्न  नसक्ने हो कि भन्ने आशंका लागेको बताए । 

उनले जिल्लामा एनजिओ, निजी क्लिनिक लगायतका क्षेत्रमा समेत व्यापक अनियमितता भएता पनि सोको रोकथामको लागि सरोकारवाला निकाय मौन रहेको बताए । 

पर्वत बार इकालका अध्यक्ष विश्वराज पाण्डेले नेपालको संविधानमा अख्तियारको दायरालाई अंकुश लगाउने काम भएकोले ठूला माछा अझै समात्न नसकेको बताए । उनले अख्तियारलाई राजनीतिक दल र नेताहरुसम्म पुग्नबाट रोकिएका कारण पनि साना भ्रष्टाचारी मात्रै नियन्त्रणमा आउने गरेको र ठूलो फुत्कने गरेको बताए ।

कार्यक्रममा सहभागीले जिल्लामा सरकारी कार्यालयले गर्ने काम कारवाहीमा समेत डुब्लीकेशन हुने गरेको आरोप लगाए । एकै काममा हरेक बर्ष काम गर्ने तर त्यसले दिगो नतिजा दिन नसक्ने भएका कारण एकै कामको लागि लाखौको रकम विनियोजन गरेर आर्थिक अनियमितता हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो